back
CTIZAN AD

विषम मौसमी घटनाबाट चार लाख ८० हजार व्यक्तिको मृत्यु

वि.सं.२०७७ माघ १२ सोमवार

720 

shares

१२ माघ, पेरिस । यस शताब्दीको पहिलो २० वर्षको अवधिमा विषम मौसमी घटना जोडिएका प्राकृतिक प्रकोपबाट झण्डै चार लाख ८० हजार व्यक्तिको मृत्यु भएको छ । हालै सार्वजनिक एक मूल्याङकन प्रतिवेदनले जलवायु परिवर्तनले मानवको अस्तित्वमा नै खतरा उत्पन्न गराइरहेको औंल्याएको छ ।

खासगरी विकासशील मुलुकहरुले सामना गर्नु परेका आँधी, बाढी र तातो हावा जस्ता जलवायु–सम्बन्धित विपदाले हरेक वर्ष ठूलो संख्यामा मानिसको मृत्यु हुनेक्रम बढेको छ ।

कोरोनाभाइरसका कारण यस वर्ष भर्चुअल रुपमा शुभारम्भ भएको जलवायु अनुकूलन सम्मेलनका अवसरमा जर्मनवाच नाम गरेको संस्थाले यस शताब्दीको शुरुका २० वर्षमा यी विपदले विश्वभर करिब २५ खर्ब ६० अर्ब डलर बराबरको आर्थिक क्षति पुगेको विवरण सार्वजनिक गरेको छ ।

एघार हजारभन्दा बढी विषम मौसमी घटनाको अध्ययनले सन् २००० यतामात्र झण्डै चार लाख ८० हजार व्यक्तिको मृत्यु भएको देखाएको छ जसमा पोर्टोरिको, म्यान्मार र हैटीमा सर्वाधिक प्रभाव परेको छ ।

सन् २०१५ को जलवायु सम्बन्धी पेरिस सम्झौता बमोजिम धनी देशहरुले हरेक वर्ष गरिब मुलुकहरुलाई १०० अर्ब डलर उपलब्ध गराउनु पर्नेछ । यो रकम गरिब मुलुकमा तापमानलाई कम गर्ने उपायमा खर्च गर्न र बदलिँदो जलवायुलाई अनुकूलन गर्न प्रयोग गरिने उल्लेख छ ।

तर पछिल्ला अनुसन्धानहरुले गरिब मुलुकका लागि व्यवस्था गर्ने भनिएको रकम ज्यादै नै न्यून देखिएको जनाएका छन् ।

जर्मनवाचको विश्व जलवायु सूचकले दुई दशकको विषम मौसमी घटनाहरुबाट सिर्जित असरको जाँच गरेको छ, खासगरी सन् २०१९ को आँधीहरुलाई यसले विश्लेषण गरेको छ । यी आँधीहरुले खासगरी क्यारेबियन, पूर्वी अफ्रिका र दक्षिण एसियालाई बढी प्रभाव पारेको छ ।

अनुकूलन कार्यक्रम पेरिस सम्झौताको आधार स्तम्भ नै हो । यस सम्झौतामा हरेक वर्ष करिब ५० अर्ब डलर वातावरणीय अनुकूलनका कार्यक्रममा खर्च गरिने उल्लेख छ । तर सम्झौता भएपछिका पाँच वर्ष प्राकृतिक प्रकोपको संख्या र आकार ज्यादै बढिसकेको छ ।

राष्ट्रसंघका अनुसार प्राकृतिक विपदको सम्बोधनका लागि गर्नुपर्ने खर्च आकाशिएको छ । हरेक वर्ष विकासशील मुलुकहरुलाई करिब ७० अर्ब डलर जरुरी भएकोमा करिब ३० अर्ब डलर मात्र उपलब्ध भइरहेको छ ।

अनुकूलन कार्यक्रमका लागि स्रोतमा देखिएको यो फरकलाई सूक्ष्म रुपमा अध्ययन गरिरहेको राष्ट्रसंघीय वातावरण कार्यक्रम युनेपले सन् २०३० सम्ममा जलवायुका प्रभावको अनुकूलनका लागि ३०० अर्ब डलर लाग्ने प्रक्षेपण प्रस्तुत गरेको छ । साथै यस शताब्दीको मध्यसम्ममा हरेक वर्ष ५०० अर्ब डलर अनुकूलन कार्यक्रमका लागि जरुरी हुने युनेपको अनुमान छ ।

नेदरल्यान्ड्स आयोजक रहेको जलवायु अनुकूलन सम्मेलनमा परिवर्तित जलवायुबाट सिर्जित चुनौती व्यहोरिरहेका मुलुकहरुलाई सहयोग गर्न ठोस सहमति जुटाउन प्रयास हुनेछ । यो सम्मेलन भर्चुअल विधिबाट संचालन भइरहेको आयोजकहरुले बताएका छन् ।
एएफपी

वि.सं.२०७७ माघ १२ सोमवार १६:३४ मा प्रकाशित

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...