back
CTIZAN AD

यस्तो छ नेपालमा माघ १२ गतेसम्मको कोरोना अपडेटको पूर्ण विवरण

वि.सं.२०७७ माघ १२ सोमवार

717 

shares

१२ माघ, काठमाडौं । नेपालमा सोमबार (१२ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ४८ हजार ११३ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार ८५८ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३,२४० जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ७३६ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २,५०४ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १३७ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २, बागमती प्रदेशमा ४२, गण्डकी प्रदेशमा ६७, लुम्बिनी प्रदेशमा २४, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १÷१ जना गरी जम्मा १३७ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा ११ जना, गण्डकी प्रदेशमा ६ जना र लुम्बिनी प्रदेशमा २ जना गरी जम्मा १९ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा १३२ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुमपश्चिम र मुगु रहेको छ ।

आज थपिएका ३३९ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । साथै आज ४०१ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज १० जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या २०११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी ३३९ जनामा कोरोना संक्रमण, ४०१ निको १० जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशैभरी ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ८५८ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १५४ जनासहित देशैभरी ३३९ जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका ३३९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४०१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४०१ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ । निको हुनेको यो दर ९८.१ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी १० जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका १० जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका १० जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०११ पुगेको छ ।

कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७३६ जना कोरोना संक्रमित होम संसथागत रहेका छन् ।

जसमा प्रदेश १ मा १६, प्रदेश २ मा १, बागमती प्रदेशमा ३८५, गण्डकी प्रदेशमा ३४ लुम्बिनी प्रदेशमा १९८, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ९७ जना गरी ७३६ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा २,५०४ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, यस्तो छ अन्य अपडेट

वि.सं.२०७७ माघ १२ सोमवार १६:५८ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...