back
CTIZAN AD

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो, यस्तो छ अन्य अपडेट

वि.सं.२०७७ माघ ११ आइतवार

708 

shares

११ माघ, काठमाडौं । नेपालमा आइतबार (११ माघ) सम्म पिसीआर प्रविधिबाट २० लाख ४३ हजार २५५ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा देशैभरी पिसीआर प्रविधिबाट ४ हजार ३८३ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी हालसम्म देशैभरी सक्रिय संक्रमित ३,३१२ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा ७७५ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २,५३७ रहेको छ ।

त्यस्तै देशभरका विभिन्न अस्पतालका आइसीयुमा १३९ जना संक्रमित उपचाररत छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा २, बागमती प्रदेशमा ४६, गण्डकी प्रदेशमा ६७, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा १\१ जना गरी जम्मा १३९ जना आइसीयुमा उपचाररत छन् ।

त्यसैगरी बागमती प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा ६ जना र लुम्बिनी प्रदेशमा ३ जना गरी जम्मा २३ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्ला काठमाडौं रहेको छ भने क्वारेन्टिनमा १४७ जना रहेका छन् । साथै शून्य संक्रमित रहेका जिल्ला कालिकोट, रुकुमपश्चिम र मुगु रहेको छ ।

आज थपिएका २७० जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ । साथै आज ४०३ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ लाख ६४ हजार १३७ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज ७ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या २००१ पुगेको छ ।

आज देशैभरी २७० जनामा कोरोना संक्रमण, ४०३ जना निको, ७ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशैभरी २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशैभरी ४ हजार ३८३ वटा नमुना परीक्षण गरिएकोमा उपत्यकाका १३३ जनासहित देशैभरी २७० जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका २७० जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।

त्यसैगरी आज देशैभरी ४०३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ४०३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या २ लाख ६४ हजार १३७ पुगेको छ । निको हुनेको यो दर ९८ प्रतिशत हो ।

त्यसैगरी आज देशैभरी ७ जनाको कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अनुसार पछिल्लो २४ घण्टामा देशैभरीका विभिन्न जिल्लाका ७ जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका ७ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २००१ पुगेको छ ।

कति छन् त सस्थागत आइसोलेशनमा ?
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ७७५ जना कोरोना संक्रमित होम संसथागत रहेका छन् ।

जसमा प्रदेश १ मा १३, प्रदेश २ मा १, बागमती प्रदेशमा ४५४, गण्डकी प्रदेशमा २६ लुम्बिनी प्रदेशमा १७९, कर्णाली प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ९७ जना गरी ७७५ जना विभिन्न अस्पताल तथा संस्थागत आइसोलेशन उपचारत छन् । साथै होम आइसोलेशनमा २,५३७ जना रहेको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ ।

वि.सं.२०७७ माघ ११ आइतवार १७:१३ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...