back
CTIZAN AD

प्रधानमन्त्री ओलीको अभिव्यक्तिमाथि आपत्ति जनाउँदै नेपाल बारले भन्यो – तत्कालै सार्वजनिक माफी माग्नुपर्छ

वि.सं.२०७७ माघ ११ आइतवार

777 

shares

माघ ११, काठमाडौं । कानून व्यवसायी तथा अदालतमाथि प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति नेपाल बार एशोसिएशनले तत्कालै सार्वजनिक माफी माग्न माग गरेको छ । आइतबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले तत्कालै माफी माग्न माग गरेका हुन् ।

‘प्रधानमन्त्री श्री खड्गप्रसाद ओलीले मिति २०७७।१०।९ गतेका दिन आफ्नो पार्टीको कार्यक्रममा सम्बोधन गर्ने क्रममा ‘वकिलले कुरा फिटेका फिट्यै छन्, केहि वकिलहरुले एक जना बाजे वकिललाई लिएर गएछन्, त्यहाँ तमासा हेर्न’ भनि दिनु भएको अभिव्यक्ति संविधान, कानून र सम्माननीय प्रधानमन्त्री स्वंयको पदीय मर्यादा आचरण अनुकुल छैन’, विज्ञप्तीमा भनिएको छ, ‘उक्त अमर्यादित, अपमानजक र असहिष्णु अभिव्यक्तिप्रति नेपाल बार एशोसिएशन गम्भीर आपत्ती र खेद व्यक्त गर्दछ । उक्त अभिव्यक्तिप्रति तक्काल सार्वजनिक रुपमा माफी माग्नसमेत माग गर्दछ ।’

प्रधानमन्त्री ओलीले गत शुक्रबार पार्टीको एक कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि लक्षित गर्दै ‘केहि वकिलहरुले एक जना बाजे वकिललाई लिएर गएछन्, त्यहाँ तमासा हेर्न’ भनि टिप्पणी गरेका थिए । भण्डारीले प्रतिनिधि विघटनविरुद्व दायर रिटमाथि संसद पुनस्र्थापनाको पक्षमा बहस गरिरहेका छन् ।

याे पनि…

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति, बारका पूर्वअध्यक्षहरुले गरे कारबाहीको माग (विज्ञप्तीसहित)

यसअघि आइतबार मात्रै नेपाल बार एशोसिएशनका पूर्व अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ती निकाल्दै प्रधानमन्त्रीमाथि तत्काल कारबाही गर्न अदालत समक्ष माग गरेका थिए । वारका पूर्व अध्यक्षहरु हरिहर दाहाल, सम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर देउवाले आइतबार संयुक्त विज्ञप्ती सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले कानून व्यवसायी र अदालतको समेत अपहेलना गरेको भन्दै कारबाहीको माग गरेका थिए ।

प्रधानमन्त्री ओलीले यसअघि पनि कानून व्यवसायीलाई ‘स्यालजस्तो म्याउम्याउ गरेका छन्’, भन्ने अभिव्यक्ति दिएका थिए ।

तर, यसअघि आइतबारको संवैधानिक इजलासको बहसका क्रममा प्रधानमन्त्रीको अभिव्यक्तिबारे अधिवक्ताले प्रश्न उठाउँदा प्रधानन्यायाधीशले ‘बजारका कुरा नगर्नुस्’ भन्दै रोकेका थिए ।

यस्ताे छ विज्ञप्ती

No photo description available.

वि.सं.२०७७ माघ ११ आइतवार १७:५० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...