back
CTIZAN AD

प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति, बारका पूर्वअध्यक्षहरुले गरे कारबाहीको माग (विज्ञप्तीसहित)

वि.सं.२०७७ माघ ११ आइतवार

1.1K 

shares

माघ ११, काठमाडौं । नेपाल वार एशोसिएसनका चार पूर्वअध्यक्षहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिमाथि आपत्ति जनाउँदै कारबाहीको माग गरेका छन् । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि होच्याउने र अपमान गर्ने गरि अभिव्यक्ति दिएको भन्दै पूर्वअध्यक्षहरुले कारबाहीको माग गरेका हुन् ।

वारका पूर्व अध्यक्षहरु हरिहर दाहाल, सम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर देउवाले आइतबार संयुक्त विज्ञप्ती सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले कानून व्यावसायी र अदालतको समेत अपहेलना गरेको भन्दै कारबाहीको माग गरेका हुन् ।

‘यस सम्बन्धमा प्रधानमन्त्रीलाई सार्वजनिक क्षमायाचना गर्न र अदालतको अवहेलनाजन्य कार्य गरेवापत् उहाँलाई जवाफदेही बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छौं’, सार्वजनिक विज्ञप्तीमा भनिएको छ ।

प्रतिनिधि सभा विघटनको पक्षमा बहस गरेको अधिवक्ता भण्डारीलाई लक्षित गरि प्रधानमन्त्री ओलीले ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् बहस गर्न, के तमासा गरेको हो यौ ?’, भन्ने अभिव्यक्ति दिएका थिए । उनले ‘वकिलले कुरा फिट्या फिट्यै छन् तर ढुक्क हुनुहोस प्रतिनिधिसभा पुर्नस्थपाना हुँदैन्’, भन्ने अभिव्यक्ति पनि दिएका थिए ।

प्रधानमन्त्री ओलीले यसअघि पनि कानून व्यवसायीलाई ‘स्यालजस्तो म्याउम्याउ गरेका छन्’, भन्ने अभिव्यक्ति दिएका थिए ।

तर, यसअघि आइतबारको संवैधानिक इजलासको बहसका क्रममा प्रधानमन्त्रीको अभिव्यक्तिबारे अधिवक्ताले प्रश्न उठाउँदा प्रधानन्यायाधीशले ‘बजारका कुरा नगर्नुस्’ भन्दै रोकेका थिए ।

यस्तो छ विज्ञप्ती

वि.सं.२०७७ माघ ११ आइतवार १५:२० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...