back
CTIZAN AD

नागरिक प्रदर्शनमा घाइते हुनेहरुको नामावली यस्तो छ

वि.सं.२०७७ माघ १२ सोमवार

705 

shares

१२ माघ, काठमाडौँ । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयका विरुद्धमा सोमबार नागरिक समाजले गरेको बृहद् नागरिक प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ ।

प्रहरीले प्रदर्शनकारीमाथि कुटपिट गर्ने तथा पानीको फोहरो प्रयोग गर्दा झण्डै एकदर्जन घाइते भएका छन् भने केही व्यक्ति सम्पर्कबाहिर रहेको हुँदा गिरफ्तार भएको हुन सक्ने जनाइएको छ ।

प्रहरीको कुटाइका कारण निर्गराज जैशी गम्भिर घाइते भएका छन् । उनको टाउकोमा निकै गम्भीर चोट लागेको र अहिले पनि उनी बेहोस रहेको जनाइएको छ ।

त्यस्तै कुलदिप शर्मा, जनक ढुंगाना, शुरज तामाङ, यादव ढुंगाना, शुरज तामाङ, सम्राट थापा, किरण श्रेष्ठ र गोविन्द भण्डारा घाइते भएका छन् भने विनोद शर्मा, मञ्जित श्रेष्ठ र कुशल श्रेष्ठ गिरफ्तार भएको हुन सक्ने विद्यार्थी नेतृ आरती लामाले जानकारी दिइन् ।

कमलपोखरी हुँदै बालुवाटार पुगेका उनीहरुले भाटभटेनी पुगेर कोणसभा गरेपछि सुरक्षा घेरा तोडेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

तस्विर : आरती लामा

वि.सं.२०७७ माघ १२ सोमवार १९:३० मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...