back
CTIZAN AD

देशलाई विदेशीको क्रिडास्थल बन्न नदिउ

वि.सं.२०७७ माघ १३ मंगलवार

672 

shares

संबिधानको धारा ७६ (१) अनुसार झन्डै दुइतिहाइ संघीय संसद्को बहुमतबाट निर्वाचित सम्मानीय प्रधानमन्त्री खड्गप्रसाद ओलीले हठात गत पौष ५ गते संसद बिघटन गरेपछि दुर्भाग्यवस सत्तासिन पार्टी नेकपा दुई ध्रुबमा बिभाजित भएको छ । देश द्वन्द र मुठभेढको दिशामा अग्रसर भएको छ । जनताहरु मुख्यतःः प्रधानमन्त्री इतर नेकपातिर,सत्तासिन ओली नेकपातिर र अहिलेको व्यवस्थासित असन्तुष्ट समूह गरी तीनतिर विभाजित छन् ।

आउने मङ्सिर, २०७८ मा स्थानीय निकायको चुनाव गराउनुछ । यो समयमा प्रतिनिधिसभा भंग गरी मध्यावधि चुनावमा जाने निर्णय गरिनु बेमौसमको बाजा मात्र होइन कि यसले प्रधानमन्त्रीमा भएको एकांकी, हठी, सत्तालिप्सा, मिलेर काम गर्न नसक्ने, आफ्नै पार्टीका नेताहरुलाई दुश्मन देख्ने तर बिदेशीको इशारामा चल्ने प्रवृतिलाई उजागर गरेको छ । प्रधानमन्त्रीको यो कदमले कसैलाई पनि फाइदा गर्दैन ।

बिगतमा दल फुटाउने, संसद बिघटन गर्ने र अस्थिर सरकार बनाउने गरेको कारण नै हो अहिलेको संबिधानले दल फुटाउन पार्टी केन्द्रिय समितिमा र संसदीय दलमा कम्तिमा ४० प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी २ वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाउने संबैधानिक व्यवस्था छ भने, बहुमतको प्रधानमन्त्रीले संबिधानसभा बिघटन गर्न पाउने व्यवस्था छैन । सरकार निर्माणका सबै बिकल्प प्रयोग गर्दा पनि देशमा सरकार बिहिन हुने अवस्था आयो भने मात्र संबिधानको धारा ७६ (७) अनुसार अन्तिम अवस्थामा प्रधानमंत्रीले विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा प्रतिनिधिसभा बिघटन गरी नयाँ जनादेशमा जान सकिने व्यवस्था छ । यसबारे संबिधानका सम्बन्धित धारा र उपधारा पढ्दा र तत्कल्लिन संबिधानसभाका अध्यक्ष सुबास नेवाङ्गले त्यो बेला भनेका टेप रेकर्डहरु सुन्दा सबै कुरा छर्लंग हुन्छ ।

के छ त मन्त्रिपरिषद्को गठन गर्ने प्रक्रिया र प्रतिनिधिधिसभा विघटन गर्न पाउने वा नपाउने संबैधानिक व्यवस्था ? यद्यपी यो नयाँ कुरा त होइन, संबिधानमा उल्लेख गरिएको छदैछ, तर पनि यहाँ स्मरणका लागि उद्धरण गर्न चाहन्छु ।

संबिधानको धारा ७६ उपधारा (१) (एकल पार्टीको सरकार (प्रतिनिधिसभा निर्वाचनमा बहुमत प्राप्त पार्टीको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीको रुपमा नियुक्ति गर्न सक्नेछन । केपी शर्मा वलीको सरकार यही उपधारा अन्र्तगत नियुक्त गरिएको थियो ।

उपधारा (२)–बहु पार्टीको मिलिजुली सरकार–यदि प्रतिनिधिसभा निर्वाचनमा एकल पार्टीको बहुमत प्राप्त नभएको अवस्थामा दुई वा दुइ भन्दा बढी पार्टीहरू मिलेर गठबन्धनको बहुमत प्राप्त नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीको रूपमा नियुक्ति गर्नेछन् ।

उपधारा (३)–अल्पमतको सरकार–यदि दुई वा दुइ भन्दा बढी पार्टीहरूको मिलिजुली सरकार निर्माण हुन नसकेको अवस्थामा संसदको सबैभन्दा ठूलो दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन् ।

उपधारा (४)–उपधारा (२) वा (३) अन्तर्गत नियुक्त प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट तीस दिन भित्र ‘मेरो नेतृत्वमा बनेको सरकारलाई बहुमत प्राप्त छ’ भनी विश्वासको मत प्राप्त गर्नुपर्ने छ ।

उपधारा (५)–यदि उपधारा (२) वा (३) अन्तर्गत नियुक्त प्रधानमंत्रीले उपधारा (४) अनुसार विश्वासको मत प्राप्त गर्न सकेन भने, प्रतिनिधिसभाको कुनै दलले विश्वासको मत लिन सक्ने आधार पेश गरेको अवस्थामा उक्त दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछन् ।

उपधारा (६)–उपधारा (५) अन्तर्गत नियुक्त भएको प्रधानमंत्रीले प्रतिनिधिसभाबाट तीस दिन भित्र विश्वासको मत प्राप्त गर्नुपर्ने छ ।

उपधारा (७)–यदि उपधारा (५) अन्तर्गत नियुक्त प्रधानमंत्रीले पनि उपधारा (६) अनुसार विश्वासको मत प्राप्त गर्न सकेन भने, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी ६ महिनाभित्र नयाँ प्रतिनिधिसभाको लागि निर्वाचनको मिति घोषणा गर्नेछन ।

यसरी नेपालको वर्तमान संविधानले सरकार निर्माण गर्न स्पष्ट रुपमा चारवटा विकल्प दिएको छ, उपधारा (१), त्यो नभए उपधारा (२), त्यो पनि नभए उपधारा (३) र त्यो पनि नभए उपधारा (५) । यदि संबिधानमा व्यवस्था गरिएको उपधारा (५) अर्थात् चौथो बिकल्पबाट गठित सरकारले ३० दिनभित्र विश्वासको मत लिन नसकेको अवस्थामा, अर्थात देशमा सरकार बिहिनताको अवस्था भएको कारण प्रधानमन्त्रीले नयाँ जनादेशका लागि प्रतिनिधिसभा बिघटनको सिफारिस गर्न सक्छन् । तर प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा बिघटनको सिफारिस सरकार निर्माणको बैकल्पिक आधारहरु उपधारा (२), (३) र (५) हुदाहुदै ती धाराहरु छलेर गरिएको हुनाले पूर्ण रुपमा असंबैधानिक देखिन्छ ।

आउने मङ्सिर, २०७८ मा स्थानीय निकायको चुनाव गराउनुछ । यो समयमा प्रतिनिधिसभा भंग गरी मध्यावधि चुनावमा जाने निर्णय गरिनु बेमौसमको बाजा मात्र होइन कि यसले प्रधानमन्त्रीमा भएको एकांकी, हठी, सत्तालिप्सा, मिलेर काम गर्न नसक्ने, आफ्नै पार्टीका नेताहरुलाई दुश्मन देख्ने तर बिदेशीको इशारामा चल्ने प्रवृतिलाई उजागर गरेको छ । प्रधानमन्त्रीको यो कदमले कसैलाई पनि फाइदा गर्दैन । यसले त देशी बिदेशी शक्तिकेन्द्रहरुलाई नेपालमा खेल्ने क्रिडास्थल निर्माण गरिदिएको छ । देशको अर्थतन्त्र अत्यन्त नाजुक छ । त्यसमाथि कोरोनाले गर्दा सबै ब्यापार ब्यवसाय चौपट्ट भएको छ । यस्तो अवस्थामा मध्यावधि चुनावको घोषणा ?? त्यसमाथि आफूलाई खाटी विद्वान हुँ, प्रबुद्धबर्ग हुँ, देशको नेता हुँ भन्ने जस्ता देखिने केही सचेत÷अचेत व्यक्तिहरुले समेत सत्ता लोभ, लालच र व्यक्तिगत स्वार्थका लागि आफ्नो बिबेकमा बिर्को लगाएको देख्दा आश्चर्य लागेको छ ।

नेपालको चुनाव प्रणाली धेरै महँगो हुदै गएको छ । गत प्रतिनिधिसभाको चुनावमा सरकारी खर्च मात्र २५ अरब लागेको थियो । त्यसमा उम्मेदवारले गरेको खर्च समाबेश गरिएको छैन । अब चुनाव गराउँदा करिब ४० अरब लाग्ने अनुमान गरिएको छ । देशलाई विकास निर्माणको दिशामा अघि बढाउनुको सट्टा देशको सम्पूर्ण बजेट तलब भत्तामा र चुनावमा खर्च गर्ने हो भने देशको विकास सम्भव छैन । पूजीगत खर्च नगरेको अवस्थामा देश आर्थिक रुपले टाट पल्टिनेछ ।

(लेखक अर्याल, नेपाली जनप्रगतिशिल मंच यूरोपका पूर्बअध्यक्ष हुन्)

वि.सं.२०७७ माघ १३ मंगलवार १२:५९ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...