back
CTIZAN AD

युवतीसँगै होटलको कोठामा पसेका बुढानिलकण्ठका युवक मृत भेटिए

वि.सं.२०७७ माघ १३ मंगलवार

669 

shares

१३ माघ, काठमाडौं । राजधानीको धुमबाराहीमा रहेको होटल विभोरमा एक युवा मृत फेला परेका छन् ।

सोमबार बिहान ७ बजे युवतीसँगै धुमबाराहीमा रहेको भिवोर होटलमा पुगेका बुढानिलकण्ठको चुनिखेलका ३१ वर्षीय युवा होटलको कोठामा मृत भेटिएका हुन् ।

उनको के कारणले मृत्यु भयो भन्ने घटनाका विषयमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता रमेश कुमार बस्नेतले बताएका छन् । युवकको शरिरमा कुनै चोटपटक नरहेको तथा पोस्टमार्टमपछि मात्र मृत्युको कारण पत्ता लाग्ने पनि उनले सँसारन्युजसँग भने ।

उनका अनुसार बुढानिलकण्ठको चुनिखेलका ३१ वर्षीय युवा होटलको कोठामा मृत भेटिएका हुन् ।

युवकसँग सँगै होटलमा पुगेकी युवतीलाई प्रहरीले पक्राउ गरेको छ । युवतीले, युवकले छाति दुःख्यो भनिरहेको अवस्थामा आफू बाहिर गएको र पछि फर्किएर आउँदा मृत भेटिएको सोधपुछका क्रममा बताएको पनि प्रहरीले जनाएको छ ।

प्रहरीले होटलका संचालक तथा कर्मचारीमाथि पनि अनुसन्धान गरिरहेको बताएको छ ।

 

वि.सं.२०७७ माघ १३ मंगलवार १३:४६ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...