back
CTIZAN AD

दोहोरो अंकले घट्यो नेप्से, अधिकांस कम्पनीको सूचक राताम्मे

वि.सं.२०७७ माघ १३ मंगलवार

762 

shares

१३ माघ, काठमाडौं । साताको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहाेराे अंकको गिरावट आएको छ भने अधिकांस कम्पनीको सूचक राताम्मे देखिएको छ ।

मंगलबार समग्र परिसूचक १७ दशमलब ७९ अंकले घटेर २४२३ दशमलब ०९ अंकमा सिमित भएको नेप्सेले जनाएको छ । त्यस्तै ठूला कम्पनीको कारोबार मापक सेन्सेटीभ पनि ४ दशमलब ५८ अंकले घटेर ४४७ दशमलब २४ बिन्दुमा कायम भएको छ ।

मंगलबार कूल सूचिकृतमध्ये २०७ कम्पनीका ८ अर्ब २७ करोड ९६ लाख ९४ हजार ७४७ रुपैंयाँ बराबरका १ करोड ९६ लाख ६ हजार ५४५ कित्ता सेयर किनबेच भएका छन् । तिनीहरुको कारोबारमा ६३ हजार ८१७ पटक लेनदेन भएको छ ।

आज होटल र बित्त बाहेकका सबै कम्पनी समूहको सूचक ओरालो लागेको छ ।

नेप्सेमा दोहारो अंकको गिरावट आउँदा पनि गुराँस लघुबित्त, प्रभु लाईफ लगायतका १२ कम्पनीको सूचकमा भने सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै राष्ट्रिय बीमा कम्पनी, रुरल माईक्रो फाईनान्स, साधना लघुबित्त लगायतका कम्पनीका लगानीकर्ताहरु धेरै गुमाउनेमा परेका छन् ।

आज करोबार रकमका आधारमा नेपाल लाईफ शिर्ष स्थानमा रह्यो । उसको मात्र आज १ अर्ब ४५ करोड ७ लाख ६३ हजार ७२५ रुपैंयाँ बराबरको ५ लाख २ हजार कित्ता सेयर किनबेच भएको छ । त्यस्तै नेपाल बैंक लिमिटेड, शिखर ईन्स्योरेन्स, नेपाल पूनर्बीमा कम्पनी लगायतका कम्पनीको कारोबार उच्च रह्यो ।

आजको कारोबारमा सूचिकृतमध्ये ४० कम्पनीका लगानी कर्ताले कमाउँदा १२९ कम्पनीका लगानीकर्ताले गुमाएका छन् । त्यस्तै ६ वटा कम्पनीको सूचकमा भने कूनै पनि परिवर्तन भएको छैन ।

 

वि.सं.२०७७ माघ १३ मंगलवार १६:४० मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...