back
CTIZAN AD

अघिल्लो वर्षको तुलनामा प्रभु बैंकले कमायो ४० प्रतिशत बढि नाफा

वि.सं.२०७७ माघ १४ बुधवार

705 

shares

१४ माघ, काठमाडौं । अघिल्लो वर्षको तुलनामा प्रभु बैंकले ४० प्रतिशत बढि नाफा कमाएको छ ।

चालु आर्थिक वर्षको पुस महिनासम्म प्रभु बैंकले १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा १ अर्ब ८ करोड मात्रै थियो ।

पुस मसान्तमा बैंकले १ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अघिल्लो वर्षको तुलनामा क्रमश ः ३४ अर्ब र २७ अर्ब रुपैंयाँले बढी हो ।

प्रभु बैंकले यो अवधिमा २ अर्ब ६९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिका २ अर्ब ४५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो वर्ष प्रभु बैंकको ब्याज आम्दानी र ब्याज खर्च दुवै बढेको छ ।

यो अवधिमा बैंकको कर्मचारी खर्च र अन्य सञ्चालन खर्चमा दुवै बढेको छ । बैंकले कर्मचारी खर्चमा १ अर्ब २६ करोड र अन्य सञ्चालन खर्चमा ४७ करोड ३० लाख रुपैयाँ खर्च गरेको छ ।

हाल ११ अर्ब ३४ करोड चुक्ता पुँजी भएको बैंकसँग १ अर्ब १७ करोड रुपैयाँको नबाँडिएको नाफा र ४ अर्ब १८ करोड रुपैयाँ बराबरको जगेडा कोष छ । सो बैंकको जगेडा कोषमा ३३ करोडले सुधार भएको हो ।

बैंकको पुँजीकोष अनुपात ११.४० प्रतिशत रहेको छ । निष्क्रिय कर्जा अनुपात घटेर २.०६ प्रतिशत पुगेको छ । निष्क्रिय कर्जा घटेकै कारण बैंकको इम्पेरिमेन्ट चार्ज १८ करोड २८ लाख रुपैंयाँ सकारात्मक छ । यसले पनि नाफामा बढाउन मद्दत गरेको छ । बैंकको पुँजीकोषको लागत ५.०१ प्रतिशत रहँदा सीसीडी अनुपात ६.४३ प्रतिशत रहेको छ । बैंकको आधारदर ७.२१ प्रतिशत र ब्याजको स्प्रेडदर ३.६४ प्रतिशत रहेको छ ।

वि.सं.२०७७ माघ १४ बुधवार ११:०६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...