back
CTIZAN AD

अष्ट्रेलियन खेलाडी २ टिममा विभाजित, कुन खेलाडी कुन टिममा परे त ? र्हेनुहोस पुरा सूची

वि.सं.२०७७ माघ १४ बुधवार

666 

shares

१४ माघ, काठमाडौँ । न्यूजिल्याण्ड विरुद्धको टि-२० श्रृखला र दक्षिण अफ्रिका विरुद्धको टेस्ट श्रृखलाका लागि अष्ट्रेलियन क्रिकेट र्बोडले आफ्नो टिमको घोषणा गरेको छ ।

अष्ट्रेलियन क्रिकेट र्बोडले न्यूजिल्याण्ड विरुद्धको टि-२० श्रृखलाका लागि एरण फिंचको कप्तानीमा १८ खेलाडीको नाम सार्वजनीक गरको छ भने दक्षिण अफ्रिका विरुद्धको टेस्ट श्रृखलाका लागि टिम पेनको कप्तानीमा १९ खेलाडीहरुको नाम सार्वजनिक गरको छ ।

दक्षिण अफ्रिका विरुद्धको टेस्ट श्रृखला र न्यूजिल्याण्ड विरुद्धको टि-२० श्रृखला एकै समयमा हुने भएकाले अष्ट्रेलियन क्रिकेट र्बोडले आफ्नो खेलाडीहरुलाई २ टिममा विभाजन गरको हो । एक टिम टेस्ट श्रृखला खेल्नका लागि दक्षिण अफ्रिका प्रस्थान गर्ने छ भने अर्को टिम टि-२० श्रृखला खेल्नका लागि न्यूजिल्याण्ड तर्फ प्रस्थान गर्ने छ ।

न्यूजिल्याण्ड विरुद्धको ५ खेलको टि-२० श्रृखला फेब्रुअरी २२ बाट सुरु हुनेछ भने दक्षिण अफ्रिका विरुद्धको टेस्ट श्रृखलाको खेल तालिका सार्वजनीक भएको छैन ।

न्यूजिल्याण्ड विरुद्धको टि-२० श्रृखलका लागि अष्ट्रेलियाको टिम :
एरण फिंच, म्याथ्यू वेड, एस्टन अगर, जेसन बेहरेन्डोर्फ, मिचल मार्श, ग्लेन म्याक्सवेल, बेन म्याकडर्मोट, रिले मेरिडिथ, जश फिलिप, जे रिचर्डसन, केन रिचर्डसन, डेनियल श्याम्स, तनवीर संघ, डार्सी सट, मार्कस स्टोनिस, एष्टन टर्नर, एन्ड्र्यू टाय, एडम जम्पा।

दक्षिण अफ्रिका विरुद्धको टेस्ट श्रृखलाका लागि अष्ट्रेलियाको टिम :
टिम पेन, प्याट कमिन्स, सीन एबट, एलेक्स क्यारी, क्यामरन ग्रीन, मार्कस हैरिस, जश हेजलवुड, ट्रेभिस हेड, मार्नस लबुशेन, मोइसेस हेनरिक्स, नेथन लायन, माइकल नेसर, जेम्स प्याटिनसन, विल पुकोवस्की, स्टीवन स्मिथ, मिचल स्टार्क, मार्क स्टिकेटी, मिचल स्वीपसन, डेभिड वार्नर।

वि.सं.२०७७ माघ १४ बुधवार ११:४७ मा प्रकाशित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...

यी हुन् विश्वकपका नयाँ टिम

यी हुन् विश्वकपका नयाँ टिम

काठमाडौं । विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगिता विश्वकपको आकार ३२...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि

काठमाडौँ । एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेट छनोट खेलमा नेपालले...