back
CTIZAN AD

गोदावरीमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र निर्माणको काम ८० प्रतिशत सम्पन्न

वि.सं.२०७७ माघ १४ बुधवार

756 

shares

१४ माघ, ललितपुर । गोदावरीमा निर्माणाधीन तीन हजार सिट क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको काम ८० प्रतिशत सम्पन्न भएको छ ।

गोदावरी नगरपालिका–३ मा शहरी विकास मन्त्रालय मातहतको शहरी विकास तथा भवन निर्माण विभाग र केसी समानान्तर जेभीबीच गत वर्ष २०७६ कात्तिक २० मा सम्झौता भई कात्तिक २१ गतेबाट भवन निर्माणका लागि खाडल खन्न शुरु गरिएको थियो ।

केन्द्र भवनको भूइँतलामा टाइल हाल्ने काम ७५ प्रतिशत सकिएर शौचालय, स्नानगृह र धारा हाल्ने काम ९० प्रतिशत सम्पन्न गरिनुका साथै केन्द्रको मुख्य भवनबाहेक अन्यमा एसी जडानको कामसमेत सकिसकेको विभागका सव–इञ्जिनीयर रामचन्द्र मेहेता कुशहवाले बताए ।

उनले भने, “हालसम्म केन्द्रभित्रको काम ८० प्रतिशत सम्पन्न भइसक्यो । फल्स सिलिङको काम सातदेखि १० दिनमा सकिन्छ भने भवनको उत्तर र दक्षिणपट्टि एक–एक लिफ्ट हाल्ने काम पनि १५ देखि २० दिनमा सकिने छ ।”

सम्मेलन केन्द्रमा ए, बी र सी नामक तीन ब्लक रहँदा ‘ए’ र ‘सी’ भने सम्मेलन केन्द्र प्रवेश गर्ने थलो रहनुका साथै ‘बी’ मा तीन हजार क्षमताको कक्ष रहनेछ । ‘सी’ ब्लक भवनमाथि छत ढलान र भूइँतला टायल हाल्न बाँकी रहेको कुशहवाले जानकारी गराए ।

केन्द्रको ‘बी’ ब्लकमा हालिने तीन हजार मेच आइसक्यो । तीमध्ये दुई हजार ५०० फिट भइसके भने जडान गर्न सबै नै बाँकी रहेको जेभीका स्थलगत इञ्जिनीयर भरतकुमार यादवले बताए ।

“केन्द्रको छतमा ‘रुफ प्यानल’ जडान, वरपर सडक निर्माण र तीनवटा प्रवेशद्वार बनाउन बाँकी छ । भवन दुई तलामाथि र पूर्वतिर भूइँमा टायल हाल्ने काम सकिएर पश्चिमतर्फ मात्र टायल हाल्न बाँकी छ ।” केन्द्र भवनको छतमा ०.५ एमएम मोटाइको प्यानल प्रयोग गर्न सबै बाँकी रहेको र बीचमा ट्रष्टमाथि प्यानल र मुनि सिलिङ रहने यादवले जानकारी गराए ।

केन्द्र भवनमा मुलुकमै पहिलोपटक ५८ मिटर लामो ट्रष्ट हालिएको जेभीका परियोजना प्रबन्धक महेश भट्टले बताए । उनले कोरोना महामारी, पटकपटक सातदोवाटो–गोदावरी खण्डको सडक बन्दले केन्द्रमा आवश्यक सामग्री ढुवानी गर्न समस्या भएको उनले उल्लेख गरे ।

पहिलोपटक २०७६ को अन्त्य अर्थात् चैत २४ गतेभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गरिसक्नुपर्ने सम्झौता भएको थियो । दुई महिना त्यस क्षेत्रभित्रका रुख काट्न, बेलाबेलामा पानी परेर मौसमले साथ नदिँदा बिहान अनि बेलुका दुवै समय काम गर्न पाएनाँै र पछि कोभिड महामारीले गत चैतदेखि असार मसान्तसम्म लगभग चार महिना काम ठप्प भएको भट्टले जानकारी गराए । उनले थपे, “आउँदो चैत २८ गतेसम्म केन्द्र निर्माणको काम सम्पन्न गरिसक्ने छाँै । नयाँ वर्षमा सम्मेलन केन्द्र तयार हुन्छ ।”

केन्द्र निर्माणपछि गोदावरीमै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन गर्न सकिने भएको छ । सम्मेलन केन्द्रले ६० हजार वर्ग फिट अर्थात् २५ रोपनी क्षेत्रफल ओगटेको बताइएको छ । जेभीले सरकारसँग रु ६५ करोड ८१ लाख ६५ हजार ४५९ मा भ्याटसहित निर्माण सम्पन्न गर्ने ठेक्का लिएको जेभीका साइट इञ्जिीनियर पवन मैनालीले बताए ।
रासस

वि.सं.२०७७ माघ १४ बुधवार १३:११ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...