back
CTIZAN AD

निजी क्षेत्रका सञ्चारकर्मीद्वारा पारिश्रमिक नपाएको गुनासो

वि.सं.२०७७ माघ १४ बुधवार

735 

shares

१४ माघ, रसुवा । निजी क्षेत्रका सञ्चार गृहमा काम गर्ने सञ्चारकर्मीले पारिश्रमिक नपाएको गुनासो पोखेका छन् । नेपाल पत्रकार महासङ्घ रसुवा शाखाको पाँचौ साधारणसभाको अवसरमा यहाँ आयोजित कार्यक्रममा महासङ्घ केन्द्रीय अध्यक्ष गोविन्द आचार्य समक्ष यहाँका पत्रकारले उक्त गुनासो राखेका हुन् ।

अध्यक्ष आचार्यले सबै पत्रकारको हितमा काम गर्ने छाता संस्था नेपाल पत्रकार महासङ्घ भएकोले पारिश्रमिक नदिने निजी सञ्चार गृहको नामावली जिल्ला शाखामार्फत पठाउन आग्रह गरे । त्यस्ता निजी सञ्चार गृहमा घेरा हालेरै भए पनि पारिश्रमिक दिलाइ छोड्ने उनले बताए ।

यस्तै भौगोलिक विकटता रहेको हिमाली जिल्ला रसुवामा काम गर्ने पत्रकारलाई परेको समस्या समाधान गर्न विपद्को समयमा समाचार सङ्कलन गर्न जाँदा चाहिने पूर्व तयारीका सामग्री नेपाल पत्रकार महासङ्घ वाग्मती प्रदेशले रसुवा शाखालाई हस्तान्तरण गरेको छ ।

महासङ्घ रसुवा शाखाका सभापति हेमनाथ खतिवडाका अनुसार हस्तान्तरण भएका सामग्रीमा दुई थान झोला, दुई वटा ल्यापटप, दुई थान टर्चलगायत रहेको छ । ती सबै सामग्री पत्रकार महासङ्घको जिल्ला शाखामा राख्ने र जुन पत्रकार स्थलगत रूपमा विपद् क्षेत्रमा जाँदा निश्चित समयका लागि त्यस्ता पत्रकारलाई मात्र उपलब्ध गराइने नीति रहेको बताइएको छ ।

वि.सं.२०७७ माघ १४ बुधवार १३:५४ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

गोदावरीमा बगेर दुई महिलाको मृत्यु

अत्तरिया (कैलाली)  । गोदावरीको बाढीमा परी दुई जनाको मृत्यु भएको...