back
CTIZAN AD

प्रचण्ड र माधवबारे प्रधानमन्त्री ओलीको टिप्पणी – तीन महिना पछिका नागरिक अगुवा !

वि.सं.२०७७ माघ १५ बिहीवार

813 

shares

माघ १५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले राजनीति गरेर नखाने टिप्पणी गरेका छन् । बिहिबार आफुँ पक्षीय जिफन्टको भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड र नेपाल छिट्टै नागरिक समाजका अगुवा हुने टिप्पणी गरे ।

उनका अनुसार आगामी तीन महिनाभित्रै प्रचण्ड र माधव नेपाल नागरिक अगुवा भनेर चिनिनेछन् । ‘प्रचण्ड र माधवको बाटो त्यहि हो, ति पनि नागरिक अगुवा भएर त्यहिँ पुग्छन्, बढीमा तीन महिना लाग्ला तीन महिनामा यिनीहरु पनि नागरिक समाज हुन्छन्’, नागरिक समाजको आन्दोलनबारे बोल्दै उनले भनेका छन् , ‘पार्टी सार्टी चलाउने यिनीहरुको क्षमता छैन्, हामीले ठिक गरेका छौं ।’

उनले प्रचण्ड र नेपाल समुह बाहिरिएसँगै आफ्नो पार्टीभित्र व्यापक सुद्धिकरण भएको बताए । उनका अनुसार पार्टीभित्रका हटाउनु पर्ने तत्व आफैं बाहिरिएका छन् ।

‘अहिले पार्टीभित्र स्वतः सुद्धिकरणको अभियान चलेको छ, पार्टीभित्रका विकृति, विसंगती, अराजकता, अनुशासन हिनता, स्वार्थी प्रवृत्ति, निजि र पारिवारिक स्वार्थका लागि काम गर्ने प्रवृत्ति, अराजक र अराजनीतिक प्रवृत्तिहरु किनारा लागेका छन्’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यो एउटा महान् सुद्धिकरणको अभियान हो ।’

संसद विघटन गरेर आफुँले देशलाई गम्भिर अस्थिरता तर्फ जानबाट जोगाएको उनको भनाई छ । ओलीले आगामी निर्वाचनबाटै नक्कली राष्ट्रवादी तह लाग्ने बताए ।

वि.सं.२०७७ माघ १५ बिहीवार १६:०४ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...