back
CTIZAN AD

सेयरबजार दोहोरो अंकले घट्दा पनि २२ कम्पनीको कारोबारमा सकारात्मक सर्किट

वि.सं.२०७७ माघ १५ बिहीवार

837 

shares

१५ माघ काठमाडौं । साताको अन्तिम दिन बिहिबार पनि सेयर बजार दहोरो अंकले घटेको छ । बजार दोहोरो अंकले घट्दा पनि २२ कम्पनीको कारोबारमा भने सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।

Symbol  LTP  Pt. Change  % Change 
SLBS 1,727.00 157.00 10.00
SIC 1,397.00 127.00 10.00
SMB 1,906.00 173.00 9.98
ACLBSL 1,600.00 145.00 9.97
PLI 695.00 63.00 9.97
SNLB 1,549.00 134.00 9.47
HDL 4,800.00 391.00 8.87
GBLBS 860.00 68.00 8.59
NICL 808.00 58.00 7.73
PRIN 958.00 55.00 6.09
UMRH 248.00 14.00 5.98
PICL 744.00 41.00 5.83
PIC 1,290.00 70.00 5.74
CLBSL 1,080.00 58.00 5.68
SICL 2,523.00 134.00 5.61
GILB 1,805.00 95.00 5.56
KLBSL 1,454.00 72.00 5.21
EIC 712.00 35.00 5.17
USLB 1,775.00 86.00 5.09
SMFDB 1,239.00 60.00 5.09
SLBBL 1,535.00 74.00 5.07

आज समग्रमा बजार परिसूचक १६ दशमलब ५५ अंकले घटेर २४२५ दशमलब ३० बिन्दुमा झरेको छ । त्यस्तै ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ पनि उल्लेख्य घटेको छ । सेन्सेटिभ ४ दशमलब ३२ अंकले घटेर ४४२ दशमलब ०६ अंकमा झरेको छ ।

विहिबार निर्जीवन बीमा, उत्पादन मूलक तथा लघुबित्त बाहेकका सबै कम्पनी समूहको सूचक नकारात्मक रह्यो । तिनीहरुमध्ये निर्जीवन बीमा कम्पनी समूहको सूचक सबैभन्दा धेरै ४१० दशमलब ३९ अंकले बढेको छ ।

आज कूल सूचिकृतमध्ये २०९ कम्पनीका ९ अर्ब ८९ करोड ८४ लाख ५६ हजार १२७ रुपैंयाँ बराबरका २ करोड २१ लाख ५३ हजार ९८१ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ८२ हजार ३५२ पटक लेनदेन भएको छ ।

कारोबार रकमको आधारमा नेपाल लाईफ, हिमालयन डिस्टिलरी, नेपाल पूनर्वीमा कम्पनी लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहेका छन् भने कारोबार संख्याको आधारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ २, सिद्धार्थ इक्विटी फण्ड, सपोर्ट माईक्रो फाइनान्स शिर्ष स्थानमा रहेका छन् ।

प्रभु लाईफ, नेपाल लाईफ, नेपाल पूनर्वीमा कम्पनी लगायतका कम्पनीहरुको करोबार उच्च रहेको छ ।

आज सबैभन्दा धेरै सूर्योदय लघुबित्त कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । उनीहरुले १० प्रतिशतले कामएका छन् । त्यस्तै सगरमाथा ईन्स्योरेन्स, सपोर्ट माइक्रोफाईनान्स लगायतका कम्पनीका लगनीकर्ताहरु उच्च अंकले कमाउनेमा परेका छन् । त्यस्तै सिद्धार्थ ईक्विटी फण्ड, हिमालयन पावर पार्टनर, गुडविल फाईनानस लगायतका कम्पनीका लगानीकर्ताहरु उल्लेख्य गुमाउनेमा परेका छन् ।

वि.सं.२०७७ माघ १५ बिहीवार १५:५४ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...