back
CTIZAN AD

सिद्धार्थ बैंक र नारायणी डेभलपमेन्ट बैंकको साधारण सभा आज हुँदै

वि.सं.२०७७ माघ १६ शुक्रवार

663 

shares

१६ माघ, काठमाडौं । आज (शुक्रबार) दुई बैंकको साधारण सभा हुने भएको छ । सिद्धार्थ बैंक लिमिटेड र नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको साधारण सभा आज हुने भएको हो ।

सिद्धार्थ बैंकको पौष १४ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १९औं वार्षिक साधारण सभा आम्रपाली बैंक्वेटमा, बालुवाटार, काठमाडौँमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट साधारण सभा हुँदैछ । सभामा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग प्राप्ति गर्ने वा एकआपसमा गाभ्नेरगाभिने प्रयोजनका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ । सभामा सर्वसाधारण समूहबाट २ जना र संस्थापक समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालकहरुको निर्वाचन हुनेछ । यसका साथै, सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

त्यस्तै, नारायणी डेभलपमेन्ट बैंकको पौष २१ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको १९औं वार्षिक साधारण सभा स्टार ब्याङक्वेट, रत्ननगर, चितवनमा दिउँसो १ बजेदेखि हुने भएको छ । सभामा धितोपत्र बोर्डले अनुमति दिएको १००५ हकप्रद बिक्रीपछि कायम हुने १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ चुक्ता पुँजीमा १ः२ अनुपातमा (२००५) पुनः हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पेश गरिनेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग प्राप्ति गर्ने वा एकआपसमा गाभ्नेरगाभिने प्रयोजनका लागि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सभामा बैंकको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डाहरू सभामा छलफल गरी पारित गरिनेछ ।

वि.सं.२०७७ माघ १६ शुक्रवार ११:२२ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६–संस्करण ५ सफलतापुर्वक सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको ३२ औंवार्षिकोत्सवको अवसरमा आयोजित महालक्ष्मी...

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लाािग विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी...

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

ग्लोबल आइएमई बैंकको नेतृत्वमा सुपर तमोर जलविद्युतमा यी बैंकहरुले लगानी गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अगुवाइमा १६६ मेगावाट क्षमताको...