back
CTIZAN AD

संसद विघटनसम्बन्धी मुद्दा : बहसका लागि अधिवक्ता रमण श्रेष्ठले मागे ५ घण्टा समय

वि.सं.२०७७ माघ १६ शुक्रवार

795 

shares

माघ १६, काठमाडौं । प्रतिनिधि विघटनसम्बन्धी मुद्दामा बहस गर्न वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले ५ घण्टा समय माग गरेका छन् । शुक्रबारको संवैधानिक इजलासमा उनले आफुँलाई बहसका लागि ५ घण्टा उपलब्ध गराउन माग गरेका हुन् ।

उनको मागलाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले भने अस्वीकार गरेका छन् । ‘सबैलाई पाँच घण्टा समय दिएर कहिले यो मुद्दाको टुंगो लगाउने ?’, श्रेष्ठकाे मागमा उनले भनेका छन् ,‘ तपाईंहरूलाई अप्रिय हुन्छ भन्या मान्नुहोस्, बरु बहस नोट दिनुहोस्, तपाईंले मागेको पाँच घण्टा हुँदैन ।’

तर, श्रेष्ठले भने आफुँले नयाँ विषय राख्न चाहेको भन्दै समय दिन जिकिर गरेका थिए । तर, प्रधानन्यायाधीशसले उनलाई अन्तिममा १ घण्टाको समय दिएका छन् ।

अधिवक्ता श्रेष्ठ नेकपाको संसदीय दलका प्रमुख सचेतक देव गुरुङसमेतको रिटमा बहसका लागि सहभागी छन् । उनीसहित गुरुङको रिटमा ६६ जना कानून व्यवसायी सहभागी छन् ।

वि.सं.२०७७ माघ १६ शुक्रवार १४:०३ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...