मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य चिन्ताले सताउन सक्छ । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । नयाँ काम थाल्न शुभचिन्तकहरूले मात्र साथ दिनेछन् ।
बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हतारमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुहोला । अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला । केही समस्या देखिए पनि आँटेको काम सम्पादन हुने समय छ । प्रयत्न गर्दा साथीभाइसँगको असमझदारी सम्झौतामा टुंगिनेछ । कृषि तथा पशुपालनबाट सामान्य फाइदा मिल्नेछ । दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम समेत बन्न सक्छ ।
मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसर प्राप्त भए पनि परिस्थिति सहज नहुन सक्छ । प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला । बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ । सहयोगीहरू टाढा हुनाले उद्देश्यमा पुग्न समस्या पर्नेछ । व्याहारिक अलमलले पनि आँटेको काम पूरा हुन केही समय लाग्न सक्छ ।
कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ । बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । बुद्धिले काम लिँदा योजना अघि बढ्नेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । नीति–नियमलाई समयमै ध्यान दिनुहोला ।
सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।
कन्या- टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरका लागि केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ । शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । तर सानो कामलाई अत्यधिक खर्च हुनेछ । बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । आफन्त पनि टाढा हुनेछन् ।
तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
आम्दानी मनग्य भए पनि आकस्मिक खर्चले धन संग्रहमा बाधा पुग्नेछ । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । चिताएका काम गर्ने क्रममा बाधा आउन सक्छ । तापनि दोहोर्याएर प्रयत्न गर्दा आंशिक फाइदा हुनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर समयमा सजग नहुँदा आफ्नो लाभांशबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् ।
बृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु
उपलब्धि प्राप्त गर्न काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने उठाउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। लगानी बढाउने मौका प्राप्त हुनेछ ।
धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
क्बनष्ततबचष्गकप्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ । मिहिनेत गर्दा राम्रै फाइदा हुनेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । शुभचिन्तकहरूले साथ दिनाले चुनौती समाप्त होला । काम देखाएर फाइदा उठाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुन सक्छ।अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ ।
मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि
समस्याप्रति गम्भीर नबन्दा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । समस्या दर्साउँदा सहयोगी फेला पर्नेछन् । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । नसोचेको अवसरले जिम्मेवारी दिलाउन सक्छ। टाढिएका साथीभाइ नजिकिनेछन् भने मित्रता नै दिगो लाभको संवाहक बन्न सक्छ ।
कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ । सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ । नयाँ अवसरले काममा उत्साह जगाउनेछ । व्यवसायका लागि सम्भावना खोजी गर्ने समय छ । प्रेम र मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । अतिथिको रूपमा सत्कार पाइनेछ । रमाइलो यात्रा हुन सक्छ ।
मीन- दि, दु, थ, झ, ञ, दे, दो, च, चि
वादविवादमा अलमलिनुपर्दा काममा बाधा पुग्नेछ । ईर्ष्या गर्नेहरूले आफ्ना कमजोरी देखाएर फाइदा उठाउने चेष्टा गर्नेछन् । तापनि स्रोतसाधन जुट्नाले दिन उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। मिहिनेतले प्रतिस्पर्धाको दौडमा समेत जित दिलाउन सक्छ ।
२०७७ माघ १७ गते, शनिवार, (३० जनवरी २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
तपाईको आज (शुक्रबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?
वि.सं.२०७७ माघ १७ शनिवार ०७:५८ मा प्रकाशित



























