१७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सहित अन्य चारजना मन्त्रीहरु आज चितवन जाँदै छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओलीसिहतका चारजना मन्त्रीहरु चितवन जान लागेका हुन् ।
चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ।
दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा आयोजना हुने सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
वि.सं.२०७७ माघ १७ शनिवार १२:१५ मा प्रकाशित






























