back
CTIZAN AD

नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबमा रिलिज (फिल्मसहित)

वि.सं.२०७७ माघ १७ शनिवार

2.5K 

shares

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबमा रिलिज भएको छ । बुढा सुब्बा डिजिटलको युट्युब च्यानलबाट चलचित्र आज युट्युबमा रिलिज गरिएको हो ।

दीपेन्द्र के खनालको कथा तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन् । चलचित्रले राम्रो समीक्षा पाएको थियो ।

गत वर्ष फागुन ९ गते हल रिलिज भएको चलचित्र कोरोनाका कारण चैत ७ गतेबाट हल बन्द भएपछि बीचमै अलपत्र परेको थियो । नौ महिनापछि पुस १० गते सिनेमा हल खुल्दा पुनः यो चलचित्र रिलिज भएको थियो ।

डीएस डिजिटलको प्रस्तुती चलचित्र ‘आमा’मा शर्मिला पाण्डेको लगानी रहेको थियो । सोही निर्माण युनिटले अहिले ‘चिसो मान्छे’ निर्माणको तयारी गरिरहेको छ । यसमा स्वस्तिमा खड्का र अर्पण थापा मुख्य भूमिकामा छन् ।

वि.सं.२०७७ माघ १७ शनिवार १२:२६ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...