back
CTIZAN AD

‘सर्वोच्च अदालतको फैसला मान्य हुने’

वि.सं.२०७७ माघ १७ शनिवार

606 

shares

१७ माघ, गण्डकी । नेपाली काँग्रेसका नेता रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने पैmसला पार्टीका लागि मान्य हुने बताएका छन् ।

प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाली काँग्रेस विधि र प्रक्रियाअनुसार चल्ने पार्टी भएको उल्लेख गर्दै अदालतको निर्णयलाई शिरोधार्य गर्ने बताए ।

लामो समयदेखिको सङ्घर्षको उपलब्धिस्वरुप प्राप्त संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको जनाउँदै खतिवडाले संविधानका विरुद्धमा हुने जुनसुकै गतिविधि पार्टीलाई मान्य नहुने बताए ।

मुलुकमा निर्वाचन भएमा पार्टीको महाधिवेशन भदौमा हुने र प्रतिनिधिसभा पुनःस्थापना भएको अवस्थामा भने आगामी जेठ महिनामा हुने उनको भनाइ छ । प्रेस युनियनका अध्यक्ष नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष प्रकाशचन्द्र सापकोटा र सचिव प्रदिप पौडेलले वर्तमान समसामयिक गतिविधिका बारेमा प्रकाश पारेका थिए ।

वि.सं.२०७७ माघ १७ शनिवार १३:३१ मा प्रकाशित

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

अल्लोबाट आत्मनिर्भर बन्दै रुमका महिला

म्याग्दी । जिल्लाको मालिका गाउँपालिका–२ रुमका महिलाले जङ्गलमा खेर जाने...

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी, यी हुन् अन्य निर्वाचित

कास्की । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति...

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

सेती पुलको म्याद दोस्रो पटक थप, यसकारण भयो ढिलाइ

कास्की । पृथ्वीराजमार्गअन्तर्गत पर्ने पोखराको पृथ्वीचोकस्थित सेती नदीमा निर्माणाधीन सेती...

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

स्याङ्जाको नवग्रह मन्दिरः धार्मिक आस्था र वातावरण संरक्षणको सङ्गम

गण्डकी । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या मन्दिर परिसरमा नवग्रह तथा...

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

पोखरामा सुकुमवासी परिवारको जीवन बिमा

कास्की । पोखरा महानगरपालिका–१२ ले वडाभित्रका सुकुमवासी तथा न्यून कमाइ...

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला

दमौली (तनहुँ) । यहाँका महिलाहरूका लागि अचार अब केवल खानासँग...