back
CTIZAN AD

एसियाली अनलाइन सुटिङ प्रतियोगितामा सुस्मिता बनिन प्रथम

वि.सं.२०७७ माघ १८ आइतवार

717 

shares

१७ माघ, काठमाडौं । नेपालकी सुस्मिता नेपालले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा सर्वाधिक ६१९ अंक जोडेकी छन् । शनिबार सम्पन्न उक्त प्रतियोगितामा सहभागि ३ नेपाली महिला खेलाडी मध्ये सुस्मिताले अग्रस्थान लिन सफल भएकी हुने ।

एसियाली सुटिङ महासंघको तत्वावधानमा कुवेत सुटिङ संघद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा कल्पना परियारले ६१७ तथा मिरा बन्जाराले ५९१.३ अंक बटुले ।

उक्त स्पर्धाको पुरुषमा हरिबहादुर थापाले ५९०.८, अर्नव घिमिरेले ५६८.९ र कुमार कार्कीले ५६४.३ अंक जोडेका छन् । यो स्पर्धामा पनि ३ नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुष/महिलाको राइफलतर्फ ६५४ पूर्णाङ्क थियो ।

शुक्रबार भएको पुरुष/महिला १० मिटर एयर पेस्तोलको समग्र नतिजा आयोजकले प्रकाशित गरेको छ । पुरुषमा नेपालका विपेश खड्का ३८ औं, बद्रुउद्दिन अन्सारी ४३ औं तथा सुखदेव थारु चौधरी ४४ औं स्थानमा रहे । ४७ खेलाडी सहभागी उक्त स्पर्धामा भारतका सौरभ चौधरी पहिलो, इरानका फोरुघी जाभद दोश्रो तथा भारतका सरोबजित सिंह तेश्रो भए ।

महिलामा नेपालका कृष्णा थापाले २७ औं तथा सरिता बस्नेतले ३८ औं स्थान हासिल गरे । समग्रमा ४५ खेलाडीले भाग लिएका थिए । इरानकी हनीयेह रोस्तामियान, इरानकै गोल्नोस सेबातोल्लाही र भारतकी भकर मानु क्रमशः शीर्ष तीन स्थानमा रहे । एयर राइफलको समग्र नतिजा आइतबार थाहा हुने नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले जनाएका छन् ।

वि.सं.२०७७ माघ १८ आइतवार ११:१३ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थप गरियो

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

काठमाडौँ । मेक्सिकोले दक्षिण अफ्रिकालाई हराउँदै फिफा विश्वकप फुटबल २०२६...

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

काठमाडौँ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना हुँदा छ जना घाइते

मध्यविन्दु (नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर...

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

आज यी चार प्रदेशका केही भू–भागमा मेघगर्जन/चट्याङसहित वर्षा हुने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा...