back
CTIZAN AD

प्रचण्डविरुद्व अदालतको अवहेलना मुद्दा दर्ता

वि.सं.२०७७ माघ १९ सोमवार

1.1K 

shares

माघ १९, काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्व अदालतको अवहेलनासम्बनधी मुद्दा दर्ता भएको छ । सर्वोच्च अदालतमा आइतबार पेश गरिएको निवेदन सोमबार अदालत खुलेसँगै दर्ता भएको हो ।

प्रचण्डविरुद्व अधिवक्ता समीर हायुले अदालतमा मुद्दा दर्ता गराएका हुन् । दर्ता मुद्दाको पेशी भोली मंगलबारका लागि तोकिएको छ ।

रिट निवेदनमा प्रतिनिधि सभा विघटनविरुद्व आन्दोलरत नेकपाका अध्यक्ष प्रचण्डले पटक–पटक प्रतिनिधि सभा विघटनविरुद्वको सुनुवाईलाई प्रभावित पार्न खोजेको बताइएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसहित चार पूर्वप्रधानन्यायाधिशहरु विरुद्ध पनि अदालतको अवेहलना मुद्दा परेको छ । गत माघ १५ मा सर्वोच्चले एक साताभित्र स्वंय उपस्थित भएर लिखित जवाफ पेश गर्न प्रधानमन्त्रीलाई आदेश गरेको थियो ।

वि.सं.२०७७ माघ १९ सोमवार ११:५६ मा प्रकाशित

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

अभिनेत्री दिपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेता तथा निर्देशक दीपकराज गिरीले अभिनेत्री तथा निर्देशक...

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

राष्ट्र बैङ्कद्वारा ६० अर्ब निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बजारबाट तरलता व्यवस्थापन गर्ने उद्देश्यले...

कतारका पूर्वराजा शेख खलिफाको निधन

कतारका पूर्वराजा शेख खलिफाको निधन

दोहा । कतारका पूर्व अमिर तथा वर्तमान राजा अमिर शेख...

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज उपमहानगरपालिकाको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत...