back
CTIZAN AD

धोबीखोला कोरिडोरको काम अलपत्र

वि.सं.२०७३ माघ ९ आइतवार

861 

shares

९ माघ,काठमाडौँ  । एउटै निर्माण व्यवसायीले ढल बिच्छ्याउने र सडक कालोपत्र गर्ने काम नपाउँदा रुद्रमती (धोबीखोला) कोरिडोरको चार किमी सडक कालोपत्र गर्ने काम अलपत्र छ ।

सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ढल बिच्छ्याउने र काठमाडौँ उपत्यका विकास प्राधिकरणले सडक कालोपत्र गर्ने जिम्मेवारी पाएपनि काम सम्पन्न हुन सकेको छैन । प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारी ढल बिच्छ्याइरहेको निर्माण व्यवसायी कम्पनी कान्छाराम जेभीले सडक कालोपत्र गर्ने ठेक्का नपाउँदा काममा ढिलाइ गरेको आरोप लगाउनुहुन्छ ।

“कोरिडोरको भङ्गालदेखि शङखमूलसम्मको १८ किमीमध्ये चार किमी सडक कालोपत्रका लागि गत वर्ष नै ठेक्का आह्वान गरी समानान्तर निर्माण व्यवसायीलाई जिम्मेवारी दिइएको छ । सडक कालोपत्र गर्न ढल ओछ्याइसक्नुपर्ने कान्छाराम निर्माण व्यवसायीले काम नसक्दा चैतसम्मको समय थप गरेका छौँ”– उहाँले भन्नुभयो ।

समितिले रु ३२ करोडको लागतमा नदीको दायाँबायाँ दुवै किनारमा ढल राख्ने काम गरिरहेको छ । समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंह भने प्राधिकरणलाई एक हप्ताअघि नै विधिवत् रुपमा नदीको पूर्वी भागमा ढल राख्ने काम सम्पन्न गरी सडक कालोपत्र गर्न हस्तान्तरण गरिएको दाबी गर्नुहुन्छ ।

एउटै मन्त्रालयका दुई निकायका बीच समन्वय नहुँदा यो सडक निर्माणको काम अलपत्र बनेको छ ।

वि.सं.२०७३ माघ ९ आइतवार १२:४२ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवद्र्धनसम्म 

(भाल्चे) नुवाकोट । किस्पाङ पुग्नेहरु भाल्चेको भेडा फार्म नहेरी फर्कंदैनन्...

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

 कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा

फिक्कल (इलाम) । धेरैजसो युवाहरु वैदेशिक रोजगारका लागि परदेश जान्छन्...

आहा, यस्तो पो झरना !

आहा, यस्तो पो झरना !

ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका...

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

सुनचाँदीको मूल्य घट्यो,प्रतितोला कतिमा हुँदै छ त कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य रु पाँच सय...

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक बुधबार १ बजे बस्ने

काठमाडौँ । प्रतिनिधिसभाको आज १ः०० बजे बस्ने भनिएको बैठक भोलि...