back
CTIZAN AD

मोरङ्गसुनसरी कतारको अध्यक्षमा कार्की(तस्बिरसहित)

वि.सं.२०७३ माघ १० सोमवार

795 

shares

morangsunsari.gif2

दोहा । मोरङ्गसुनसरी सेवा समाज कतारको अध्यक्षमा योगेन्द्र वहादुर कार्की निर्विरोध निर्वाचित भएका छन् ।

गत २० जनवरी २०१७ का दिन कतारको दोहामा सम्पन्न संस्थाको वाह्रौ साधारण सभाले सुनसरीका योगेन्द्र वहादुर कार्कीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

कार्की यस अघिको कार्यसमितिमा उपाध्यक्षको रुपमा कार्यरत थिए । नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा क्रमश चिरञ्जिवी तिम्सीना, तेज कटुवाल, सचिव दिलिप पराजुली, सहसचिव क्रमश लिला प्रसाद घिमिरे, भरत श्रेष्ठ, कोषाध्यक्ष भिम वहादुर विक, सहकोषाध्यक्ष क्रमश परशुराम वास्तोला र गोपाल कटुवाल रहेका छन् । त्यसैगरि कार्यसमिति सदस्यहरुमा रमेश निरौला, समिन वराल, मंगलसिंह तामाङ्ग, अमृत चौधरी, गोविन्द कटुवाल, सिताराम कटुवाल, राजनारायण चौधरी, भोला वस्नेत, संजिव आचार्य, मुस्ताक मंसुरी, वलभद्र अधिकारी र सुवास चौधरी रहेका छन् ।

morangsunsari.gif2.gif3

सन् २००१ मा स्थापना भएर निरन्तर सामाजिक कार्य गरिरहेको मोरंगसुनसरी सेवा समाज कतारले संस्थाका अध्यक्ष टिएन वरालको अध्यक्षता १२ औं साधारण सभा तथा वृहत वनभोज कार्यक्रमको आयोजना गरेको थियो । सो कार्यक्रममा गैरआवासिय नेपाली संघका मध्यपुर्व क्षेत्रिय उपसंयोजक उमेश अधिकारी प्रमुख अतिथि रहेका थिए भने गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्यव परिषद सदस्य श्री बिनोद प्रसाद भट्टराई, आरके शर्मा, एनसिसि कतारका अध्यक्ष विनेश तामाङ्ग, संस्थाका पुर्ब अध्यक्षहरु, सल्लाहकारहरु, मानार्थ सदस्यहरु तथा दोहामा रहेका सामाजिक, वैचारिक र पेशागत सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

morangsunsari.gif2

कार्यक्रममा मन्तव्य राख्ने क्रममा विशेष अतिथि कमलमणि गुरागाँईले मोरङ्गसुनसरी सेवासमाजमा विविधता भित्र एकता रहेको र यो संस्थाले सभ्य र समृद्द समाज स्थापना गर्न लिएको उद्देश्य सोहि भावनाले परिपुर्ति गर्न सक्ने वताएका थिए । आफुपनि यहि संस्थाको उत्पादन भएको र यस संस्थाले प्रवासको नेपाली समाजमा निकै प्रभावशाली सामाजिक अभियन्ताहरु जन्माएको समेत धारणा व्यक्त गरे । त्यसै गरि प्रमुख अतिथि अधिकारीले मोसुले कतारको नेपाली समाजमा सामाजिक कार्य मात्र गरेको छैन यसले अन्य संस्थाको पथ प्रदर्शकको भुमिका समेत खेलेको धारणा राखेका थिए । कार्यक्रमका अन्य अतिथिहरुले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

morangsunsari.gif2.gif4gif
सो कार्यक्रममा मोसु कतारको स्थापना देखि विभिन्न गतिविधिहरुमा प्रत्यक्ष सहयोग गरिरहेका तथा सन २००४ मा कार्यवाहक अध्यक्षको भुमिका निर्वाह गरेका कमलमणि गुरागाईलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो ।त्यसका साथै मोसु कतारलाई प्रत्यक्ष र परोक्ष रुपमा सहयोग गर्ने व्यक्तिहरुलाई कदरपत्र तथा सम्मान पत्रले सम्मान गरेको थियो । संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति टिएन वरालले आन्तरिक मुल्याङ्गन गरि स.स्थाको कार्यसमितिमा रहेका महत्वपुर्ण योगदान गर्ने पदाधिकारीहरुलाइृ सम्मान गरेका थिए ।

वि.सं.२०७३ माघ १० सोमवार ०४:०८ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

एनआरएनएले नुवाकोटमा ५० लाखको राहत सामग्री वितरण गर्ने

काठमाडौं । रसुवा र नुवाकोटमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...