back
CTIZAN AD

प्रजातन्त्रबादीहरु एउटै छातामुनी संगठित रहन आग्रह

वि.सं.२०७३ माघ १० सोमवार

903 

shares

nejasa-australiaजनसम्पर्क समिती अस्ट्रेलियाले एकदिने प्रशिक्षक कार्यक्रमको सन्चालन गर्दै प्रजातन्त्रबादीहरु एउटै छातामुनी संगठित रहन आग्रह गरेको छ ।
अस्ट्रेलिया लगायत प्रवासका अन्य देशहरुमा नेपाली कांग्रेशका समर्थकहरुको बढ्दो उपस्थीती रहेतापनि घट्दो एकतालाई कसरी समाप्त पार्ने भन्ने बिषयमा प्रशिक्षण केन्द्रित गरिएको थियो ।
नेपाली कांग्रेशकी केन्द्रीय सदस्य डिला संग्रौलाद्धारा सन्चालित कार्यक्रममा पार्टीको झन्डा र चारताराको शन्देसवाट पार्टी समर्थकहरु जानकार रहनुपर्ने बताइन ।
उनले बीपीको समाजवाद भित्र अटाएको कांग्रेश बिस्तारै सांघुरिदै गएकोमा चिन्ता ब्यक्त गर्दै भनिन, अहिले फेरी उहाकै मेलमिलापको निती पार्टीलाई आवश्यक परेको छ ।
बिदेशमा बसेर प्रजातन्त्र र लोकतन्त्रको हिमायती भएर चारतारा भित्र अटाउने सबै ब्यक्तीत्वलाई नमन गर्दै उनले भनिन, बिधिको शासन र मानवअधिकारको सम्मान र कानुनको पालना गर्ने मुलुकमा बस्नेहरु कम्युनीष्ट बिचारमा लाग्न सक्दैनन । उनले लोकतन्त्रमा बिचार र बिमर्शमा मनमुटाव हुनु सामान्य कुरा भएको बताउदै हामीले यसलाई आन्तरिक लोकतन्त्रका रुपमा लिनुपर्ने बताइन । आपसी कलह र बिवादलाई टेबुलमा राखेर ब्यक्ती होइन निती र बिचारलाई उच्च प्राथमिकता दिए समस्याको समाधान तुरुन्त हुने उनले बताइन ।
शान्ति ,समृद्धी र बिकास नेपाली कांग्रेशको आगामी वाटो भएकोले अहिले मुलुकमा देखिएको फरक राष्ट्रवादलाई चिरेर नया गन्तब्यमा हाक्नुपर्ने चुनौती समेत आइपरेको केन्द्रीय सदस्य डिलाले बताइन । ओलीको पहाडी राष्ट्रवाट र मधेशी दलका मधेरी राष्ट्रवाद बिच बिचको वाटो खोजेर निकास दिनुपर्ने अहिलको आवश्यकता रहेको उनको तर्क थियो ।
जनसम्पर्क समितीका अध्यक्ष कृष्ण गिरीले प्रवासमा प्रजातन्त्रवादीहरुको बाहुल्यता रहँंदा पनि बिचार भन्दा पनि ब्यक्ती माथी भएकोले एकतामा बाधीन नसकेको बताए । प्रजातन्त्रको मुल्य र मान्यतालाई सिरोधार्य गरेर अगाडि बढ्ने हो भने हाम्रा भन्दा राम्राले सदैव स्थान पाउछन । अहिले एकले अर्कालाई खुइल्याउने मानसिकताले ग्रसीतहुँदा प्रजातन्त्रबादी संघ संस्थाहरु पछि परेको तर्क कृष्णले गरे ।
कार्यक्रममा सम्पर्क समितीका संस्थापक प्रेम सापकोटाले प्रवासमा पार्टीको बिचार र बिस्तारका लागि खोलिएका जनसम्पर्कहरु नेताहरुको चाकडीको साधन बनेको आरोप लगाए । हरेक नेता आउने र आफ्नो मान्छेलाई चिठ्ठी लेख्ने कामले बिभाजन ल्याएको प्रेमले बताए । आफ्नो घरेलु समस्यामा बाहिरका मानिशले खेलिदिदा जनसम्पर्कमा बिवाद बढेको उनको तर्क थियो ।
कार्यक्रममा आइसीसीका पुर्व सदस्य तथा एक्काका अध्यक्ष निरज श्रेष्ठ,एनआरएनका सदस्यहरु छबी सापकोटा ,बिकास केसी , जानकी पौडेललगायतले एक आपसमा मिलेर गए जित शुनिश्चित भएको बताए । जनसम्पर्क समीतीका महासचिब किरण बराल, कोषाध्यक्ष रामजी बस्नेत , सहमाहामन्त्री सुदिप मुडवरि , सदस्य रोहित खड्का भिम सुब्बा, अर्जुन केसी लगायतले कार्यक्रमको औचित्य बारे प्रकाश पारेका थिए ।
कार्यक्रममा आगामी अस्ट्रेलियाको एनआरएनका बिषयमा समेत छलफल चलाइएको थियो । जसमा प्रजातन्त्रबादीहरु एकताबद्ध भएर जान सबैले आग्रह गरेका थिए । स्मरण रहोस अस्ट्रेलियामा जनसम्पर्कको बिवाद रहँंदा दुइवटा समुहले आफुलाई आधिकारीक दाबी गर्दै आएका छन ।

वि.सं.२०७३ माघ १० सोमवार ०४:१३ मा प्रकाशित

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

खुल्ला कविता प्रतियोगितासहित मनाइयो अफ्रिकामा २१३ औं भानु जयन्ती

नैरोबी, केन्या । २१३ औं भानु जयन्तीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली...

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

नेजस नर्बेको ११ औं रनिङ्ग कप भलिबल प्रतियोगिताको अन्तिम तयारी पूरा

प्रेमपरियार, नर्वे । नेपाली जन सम्पर्क समिति जे एस एस...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...