back

निःशुल्क स्वास्थ्य परिक्षणबाट सयबढी मधुमेहका रोगी लाभान्वित

वि.सं.२०७३ माघ १० सोमवार

501 

shares
GLOBAL IME AD
NTC AD

healthcamp.gif1

१० माघ, इटहरी । न्यु भिजन नेपालको आयोजनामा कार्यालयको प्राङ्गणमा ०८ माघ २०७३ का दिन आयोजित ‘मधुमेह सम्बन्धी अन्र्तक्रिया तथा निःशुल्क स्वास्थ्य परिक्षण’ बाट सयबढी मधुमेहका रोगीहरु लाभान्वित भएका छन् ।
वरिष्ठ मधेमेह विशेषज्ञ डा. ओकारको प्रशिक्षण तथा रिपोर्ट चेकजाँच, हाम्रो पोलिक्लिनिक इटहरीको प्राविधिक सहयोग तथा सुवेदी भेटफर्मा दमकको आवश्यक सामग्री सहयोग तथा विभिन्न व्यवसायीहरुको आर्थिक सहयोगमा सो कार्यक्रम भव्य र सभ्य रुपमा सफलतापूर्वक सम्पन्न भएको छ ।
न्यु भिजन नेपालको उद्गार, घरघरमा स्वास्थ्य र रोजगार मूल नाराका साथ स्थापित संस्थाको ऐतिहासिक तथा गरिमामय कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष कालीप्रसाद खनालले गरेका थिए भने पुर्व भुमिसुधार मन्त्री तथा माननीय सभासद् रामकुमार सुब्बाले प्रमुख आतिथ्यता ग्रहण गरेका थिए ।

मोरङसुनसरी सेवा समाज नेपालका अध्यक्ष बद्रीप्रसाद बिमली, पूर्व प्रहरी संगठन इलाका कार्यालय सुनसरीका अध्यक्ष विष्णुबहादुर कार्की, उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष निलम बस्नेत, गैर सरकारी संस्था महासंघ सुनसरीका अध्यक्ष लखनलाल साह, इलाका प्रहरी कार्यालयका प्रमुख नरेश सुवेदी, रेडक्रस सोसाइटी शाखा इटहरीका सभापति बिमल पौडेल, समाज विकास केन्द्र नेपाल इटहरी सचिव विकल रेग्मी, मञ्जरी साकोस अध्यक्ष बलराम दाहाल, नागरिक समाजका वरिष्ठ उपाध्यक्ष तथा दलित नागरिक सरोकार मञ्च सुनसरी अध्यक्ष दिनेश बहादुर रसाइली, स्थानीय बुद्धिजीवि केदार पोखरेल, नेपाल पत्रकार महासंघ शाखा सुनसरी उपाध्यक्ष तथा कान्तिपुर संवाददाता वेदराज दाहाल, पूर्वी हटलाईन दैनिक सम्पादक÷प्रकाशक शालिकराम पाण्डे, रासस प्रतिनिधि याम प्रधान, एभिन्युज टेलिभिजनका प्रतिनिधि दिपक कार्की, पूर्वी खबर डट कम प्रतिनिधि त्रिलोचन पौड्याल, पशुपति मोडेल हस्पिटलका सञ्चालक पशुपति चौधरी, शाब्दिता बयुटिपार्लर सञ्चालिका लिला राईलगायत विभिन्न संघसंस्था, व्यवसायी तथा बुद्धिजीविहरुको आतिथ्यता रहेको थियो ।

संस्थाका महासचिव खगेन्द्र कार्कीले सञ्चालन गरेको सो कार्यक्रमलाई उपाध्यक्ष बलराम कटुवालले स्वागत मन्तव्य राखेका थिए भने संस्थाका व्यवस्थापक प्रकाश ढकालले संस्थाको विषयमा प्रष्ट पारेका थिए ।
पानसमा बत्ति बालेर ब्यानर अनावरणसहित उद्घाटन गरिएको सो कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै माननीय सभासद् रामकुमार सुब्बाले नारालाई सार्थकता तुल्याउने उद्देश्यले मधुमेहबाट हुने डरलाग्दा रोगको पहिचान, निदान र सर्तकताका विषयमा सचेत गराउन गरिएको कार्यक्रम अत्यन्तै सह्रानीय रहेको उल्लेख गर्दै विभिन्न संघसंस्थाका कार्यक्रम दैनिक रुपमा धेरै हुने गर्दछन् तर ति कार्यक्रमबाट जनता के कति लाभान्वित भएका छन् भन्ने विषय महत्वपूर्ण रहेको औल्याउँदै कार्यक्रमको सफलताको शुभकामना दिए । यसैगरी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष निलम बस्नेत, पूर्व प्रहरी संगठन इलाका सुनसरीका अध्यक्ष विष्णुबहादुर कार्की, नागरिक समाजका वरिष्ठ उपाध्यक्ष तथा दलित सरोकार मञ्च सुनसरी अध्यक्ष दिनेश बहादुर रसाइली, स्थानीय बुद्धिजीवि केदार पोखरेललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

खाना अगाडि र पछाडि गरी दुई पटकको रगत परिक्षणबाट प्राप्त रिपोर्टका आधारमा गरिएको अन्र्तक्रिया कार्यक्रममा पनि उल्लेख्य सहभागिता रहेको थियो । मधुमेहको आशंका निवारणका लागि कार्यक्रममा स्थलमा उपस्थित भएका सर्वसाधारणहरुले डा. ओकारलाई प्रत्यक्ष प्रश्न सोधी आफ्ना जिज्ञासा मेटाएका थिए । कार्यक्रममा संस्थाका पूर्व, वर्तमान पदाधिकारी, सल्लाहकार तथा सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो ।

healthcamp
कार्यक्रम सफल बनाउन विभिन्न तहबाट सहयोग गर्ने सहयोगी संस्थाहरुमा मोरङसुनसरी सेवा समाज, न्यु मकालु एग्रोभेट एण्ड ओमश्री भेट फर्मा, टाँडे खाजाघर, इटहरी, पाथीभरा होटल, इटहरी, कृति टेलर्स, इटहरी, अनुपमा भेटेरिनरी औषधि पसल, कञ्चन पोल्टी सप्लायर्स एण्ड फ्रेस हाउस, मल्टिटेक कम्प्युटर सेन्टर, इटहरी, वशिष्ठ इलेक्ट्रिक, मन्टिेश्वरीयन शिक्षक तालिमलगायत रहेका छन् ।

वि.सं.२०७३ माघ १० सोमवार ०४:२० मा प्रकाशित

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

सातवर्षमा चौथो पटक म्याद थप्दा पनि सडक कालोपत्र नभएपछि सास्ती खेप्दै स्थानीय

गलकोट (बागलुङ) । निर्माण व्यवसायीले निर्धारित समयमा काम गरेको भए...

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

मोरङमा उपद्रो मच्चाउँदै जङ्गली हात्ती

सुन्दरहरैँचा (मोरङ) । सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय हरिप्रसाद घिमिरेको...

किसानलाई सुन्तला बिक्री गर्न समस्या

किसानलाई सुन्तला बिक्री गर्न समस्या

दमौली (तनहुँ) । तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न...

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

पर्यटन प्रवर्द्धनका लागि आजदेखि पोखरामा दाइँ महोत्सव

कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ ।...

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको अध्यक्ष यादवको भनाइ

समाजवादी मोर्चासँग तत्काल सहकार्यको सम्भावना नरहेको अध्यक्ष यादवको भनाइ

सिरहा । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तत्कालै समाजवादी...

प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’

प्रकृतिसँग माफी माग्न ‘लक्ष्य हवन’

पाँचथर । बर्सेनि प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गरेपछि यहाँका...