back
CTIZAN AD

खोलाको झाडी धार्मिक र पर्यटकीय क्षेत्रमा परिणत

वि.सं.२०७३ माघ १० सोमवार

834 

shares

१० माघ,पथरी (मोरङ) । पहिले स्थानीय बूढी खोलाको झाडीले भरिएको क्षेत्र अहिले धामिक र पर्यटकीय स्थलका रुपमा विकास भएको छ ।

मोरङको सुन्दरदुलारीमा राधेश्याम सेवा ट्रष्ट र दीनबन्धु शास्त्री महाराजको पहलमा स्थानीयको सहयोगमा अहिले सुन्दरदुलारीमा वृन्दावन गौशाला निर्माण भइरहेको छ ।

कृष्णलीला देखाएको पवित्र तीर्थस्थल वृन्दावन गौशालालाई सचित्र रुपमा जस्ताको त्यस्तै निर्माण गर्ने अभियान नयाँ वृन्दावन गौशालामा थालनी गरिएको छ । निर्माण भइरहेको वृन्दावन गौशालाले धामिक पर्यटकीय प्रवद्र्धन निर्माणका लागि प्रशस्त सम्भावना देखाएको छ ।

सात बिगाहाको क्षेत्रफलमा निर्माण भइरहेको र नेपालकै ठूलो राधाकृष्णको मन्दिरको भुइँतलाको निर्माण कार्य सम्पन्न भएको छ । १२९ फिट लम्बाइ ८६ फिट चौडाइको यो मन्दिर एक हजार ३० वर्गमिटर क्षेत्रफलमा फैलिएको र यसक्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने निर्माण समितिले जनाएको छ ।

निर्माणाधीन वृन्दावन गौशालामा हाल १४ वटा गाई र बाच्छाबाच्छीसमेत संरक्षण गरिएको छ । नदी नियन्त्रणका लागि वृक्षारोपणका काम सकिएको स्थानीय हरि कार्कीले बताउनुभयो ।

वि.सं.२०७३ माघ १० सोमवार ०५:३४ मा प्रकाशित

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

भोटेकोसी बाढीपीडितका लागि देवचुली नगरपालिकाको ८ लाख सहयोग

नवलपरासी । रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको भीषण बाढी तथा...

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

कृत्रिम अभाव र कालोबजारी रोक्न धादिङबेँसीमा बजार अनुगमन

धादिङ । त्रिशूली नदीमा आएको बाढीले मलेखुस्थित फुर्केखोला पुल बगाएपछि...

आफन्तको खबर पाउन परिवारजन आतुर

आफन्तको खबर पाउन परिवारजन आतुर

महोत्तरी । भोेटेकोशी बाढीसँगै बेपत्ता भएका आफन्तको खबर पाउन परिवारजन...

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

भोटेकोशी बाढीः सम्पर्कविहीन हुने पर्यटकको संख्या ६४४ पुग्यो, खोजी कार्य तीव्र

काठमाडौँ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो संख्यामा...

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीका कारण प्रभावित ३३६ जनाको हवाई...

पश्चिम नवलपरासीमा पाँच शव

पश्चिम नवलपरासीमा पाँच शव

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले...