back

खोलाको झाडी धार्मिक र पर्यटकीय क्षेत्रमा परिणत

वि.सं.२०७३ माघ १० सोमवार

195 

shares
RBB AD
NTC AD

१० माघ,पथरी (मोरङ) । पहिले स्थानीय बूढी खोलाको झाडीले भरिएको क्षेत्र अहिले धामिक र पर्यटकीय स्थलका रुपमा विकास भएको छ ।

मोरङको सुन्दरदुलारीमा राधेश्याम सेवा ट्रष्ट र दीनबन्धु शास्त्री महाराजको पहलमा स्थानीयको सहयोगमा अहिले सुन्दरदुलारीमा वृन्दावन गौशाला निर्माण भइरहेको छ ।

कृष्णलीला देखाएको पवित्र तीर्थस्थल वृन्दावन गौशालालाई सचित्र रुपमा जस्ताको त्यस्तै निर्माण गर्ने अभियान नयाँ वृन्दावन गौशालामा थालनी गरिएको छ । निर्माण भइरहेको वृन्दावन गौशालाले धामिक पर्यटकीय प्रवद्र्धन निर्माणका लागि प्रशस्त सम्भावना देखाएको छ ।

सात बिगाहाको क्षेत्रफलमा निर्माण भइरहेको र नेपालकै ठूलो राधाकृष्णको मन्दिरको भुइँतलाको निर्माण कार्य सम्पन्न भएको छ । १२९ फिट लम्बाइ ८६ फिट चौडाइको यो मन्दिर एक हजार ३० वर्गमिटर क्षेत्रफलमा फैलिएको र यसक्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने निर्माण समितिले जनाएको छ ।

निर्माणाधीन वृन्दावन गौशालामा हाल १४ वटा गाई र बाच्छाबाच्छीसमेत संरक्षण गरिएको छ । नदी नियन्त्रणका लागि वृक्षारोपणका काम सकिएको स्थानीय हरि कार्कीले बताउनुभयो ।

वि.सं.२०७३ माघ १० सोमवार ०५:३४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लुम्बिनीसहित चार प्रदेशमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने

लुम्बिनीसहित चार प्रदेशमा आंशिक बदली भई बाँकी भागमा मौसम सफा रहने

काठमाडौँ । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा...

आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको...

आज विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै

आज विश्वभर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइदै

काठमाडौँ । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका...

सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

सुरौदी फाँटमा आचार्यको व्यावसायिक कृषिकर्म

गण्डकी । रोजगारीको खोजीमा दिनानुदिन नेपाली युवा विदेशिएको वास्तविकतामा यहीँ...

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनेछैन: गृहमन्त्री लामिछाने

नेपालगञ्ज । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा...