back
CTIZAN AD

मगरको स्मृतिमा गुल्मी सेवा समाज कतारद्धारा अक्षयकोष स्थापना

वि.सं.२०७३ माघ १० सोमवार

906 

shares

unnamed

कुमार ‘अविरल’ पन्थी । रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका गुल्मी ठुलो लुम्पेक ४ निबासी स्वर्गीय दिल बहादुर पुलामी मगरको स्मृतिमा गुल्मी सेवा समाज कतारले अक्षयकोष स्थापना गरेको छ । समाजले स्वर्गीय पुलामीका छोराछोरीहरुको शिक्षाका लागि काष्ठमण्डप डेभलपमेन्ट बैंकमा छोरा कुशल पुलामीको नाममा खाताखोली ८३१३१ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको हो ।
गत शुक्रबार स्वर्गीय पुलामीकी पत्नी हिरादेवी पुलामी, छोरा एवमं भानु निम्न माध्यमिक विद्यालयका प्राचार्य खिमलाल राहाडीको उपस्थितिमा संस्थाका प्रथम उपाध्यक्ष झबिन्द्र आचार्य र सचिव केसव कंडेलले उक्त सहयोग रकम अक्षयकोषका लागि हस्तान्तरण गरेका थिए ।

रोजगारीका सिलसिलामा कतारमा कार्यरत गुल्मी ठुलो लुम्पेकका स्थानिय युवाहरुको सहयोग तथा गुल्मी सेवा समाज कतारको विशेष पहलमा अक्षयकोष स्थापनार्थ उक्त रकम सङ्कलन गरिएको हो ।

सहयोग रकम बुझ्दै स्वर्गिय पुलामीकी पत्नी हिरादेवीले गुल्मी सेवा समाज कतार तथा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद प्रकट गरीन । उनी भन्छिन श्रीमानलाई त मैले कलिलो उमेरमा गुमाए, श्रीमानको साथ मेरो भाग्यमा यतिनै लेखको रहेछ, यी साना बालबालिकालाई राम्रो शिक्षादिक्षा दिएर वाबुको कमि महसुस हुन नदिई भविष्य उज्ज्वल बनाउने सपना छ । गुल्मी सेवा समाज कतारको साथ र सहयोगका लागि सदैव आभारी रहेको बताइन ।

गल्मी ठुलो लुम्पेक ४ निवासी दिल बहादुर पुलामीको गत २२ जुन २०१६का दिन ३२ बर्षको उमेरमा कतारमा निधन भएको थियो । स्वर्गीय पुलामीका श्रीमती, ३ छोरी र एक छोरा छन । १२ बर्षकी जेठी छोरी निरुता ७ कक्षामा अध्ययनरत छिन, त्यस्तै ११ वर्षिय माईली छोरी मनिषा ५ कक्षामा, ८ बर्षकी कान्छी छोरी तिर्सना २ कक्षामा अध्ययनरत छन भने छोरा कुसल १९ महिनाका मात्र भएका छन ।

साना बालबालिकाहरुको शिक्षादिक्षाका लागि यहाहरुले पनि सहयोग गर्न सक्नुहुनेछ । सहयोग गर्न चाहानु हुने व्यक्तिहरुले काष्ठमण्डप डेभलपमेन्ट बैंकमा रहेको खाता नम्बर ००२०१७००५४००७०००००१ मा सिधै रकम जम्मा गराउन पनि सक्नुहुनेछ । तपाईहरुको सानो सहयोगले ति स(साना बालबालिकाहरुको भविष्य उज्वल बन्नेछ । समाजले रोजगारिका लागि विदेशमा विभिन्न समस्यामा परेका पिडित तथा स्वदेशमा बिभिन्न सामाजिक कामहरुलाई आर्थिक सहयोग गदै आइरहेको छ ।

वि.सं.२०७३ माघ १० सोमवार ०५:५४ मा प्रकाशित

राहत बाँड्दै एनआरएनए

राहत बाँड्दै एनआरएनए

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीबाट प्रभावित...

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट...

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

कोरियामा पत्रकार सन्तोष खड्का परोपकारी पत्रकारिताबाट सम्मानित

सियोल, दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका...

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...