back

मगरको स्मृतिमा गुल्मी सेवा समाज कतारद्धारा अक्षयकोष स्थापना

वि.सं.२०७३ माघ १० सोमवार

192 

shares
NTC AD
Global IME AD

unnamed

कुमार ‘अविरल’ पन्थी । रोजगारीको सिलसिलामा कतारमा ज्यान गुमाएका गुल्मी ठुलो लुम्पेक ४ निबासी स्वर्गीय दिल बहादुर पुलामी मगरको स्मृतिमा गुल्मी सेवा समाज कतारले अक्षयकोष स्थापना गरेको छ । समाजले स्वर्गीय पुलामीका छोराछोरीहरुको शिक्षाका लागि काष्ठमण्डप डेभलपमेन्ट बैंकमा छोरा कुशल पुलामीको नाममा खाताखोली ८३१३१ रुपैयाँ बराबरको अक्षयकोष स्थापना गरेको हो ।
गत शुक्रबार स्वर्गीय पुलामीकी पत्नी हिरादेवी पुलामी, छोरा एवमं भानु निम्न माध्यमिक विद्यालयका प्राचार्य खिमलाल राहाडीको उपस्थितिमा संस्थाका प्रथम उपाध्यक्ष झबिन्द्र आचार्य र सचिव केसव कंडेलले उक्त सहयोग रकम अक्षयकोषका लागि हस्तान्तरण गरेका थिए ।

रोजगारीका सिलसिलामा कतारमा कार्यरत गुल्मी ठुलो लुम्पेकका स्थानिय युवाहरुको सहयोग तथा गुल्मी सेवा समाज कतारको विशेष पहलमा अक्षयकोष स्थापनार्थ उक्त रकम सङ्कलन गरिएको हो ।

सहयोग रकम बुझ्दै स्वर्गिय पुलामीकी पत्नी हिरादेवीले गुल्मी सेवा समाज कतार तथा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद प्रकट गरीन । उनी भन्छिन श्रीमानलाई त मैले कलिलो उमेरमा गुमाए, श्रीमानको साथ मेरो भाग्यमा यतिनै लेखको रहेछ, यी साना बालबालिकालाई राम्रो शिक्षादिक्षा दिएर वाबुको कमि महसुस हुन नदिई भविष्य उज्ज्वल बनाउने सपना छ । गुल्मी सेवा समाज कतारको साथ र सहयोगका लागि सदैव आभारी रहेको बताइन ।

गल्मी ठुलो लुम्पेक ४ निवासी दिल बहादुर पुलामीको गत २२ जुन २०१६का दिन ३२ बर्षको उमेरमा कतारमा निधन भएको थियो । स्वर्गीय पुलामीका श्रीमती, ३ छोरी र एक छोरा छन । १२ बर्षकी जेठी छोरी निरुता ७ कक्षामा अध्ययनरत छिन, त्यस्तै ११ वर्षिय माईली छोरी मनिषा ५ कक्षामा, ८ बर्षकी कान्छी छोरी तिर्सना २ कक्षामा अध्ययनरत छन भने छोरा कुसल १९ महिनाका मात्र भएका छन ।

साना बालबालिकाहरुको शिक्षादिक्षाका लागि यहाहरुले पनि सहयोग गर्न सक्नुहुनेछ । सहयोग गर्न चाहानु हुने व्यक्तिहरुले काष्ठमण्डप डेभलपमेन्ट बैंकमा रहेको खाता नम्बर ००२०१७००५४००७०००००१ मा सिधै रकम जम्मा गराउन पनि सक्नुहुनेछ । तपाईहरुको सानो सहयोगले ति स(साना बालबालिकाहरुको भविष्य उज्वल बन्नेछ । समाजले रोजगारिका लागि विदेशमा विभिन्न समस्यामा परेका पिडित तथा स्वदेशमा बिभिन्न सामाजिक कामहरुलाई आर्थिक सहयोग गदै आइरहेको छ ।

वि.सं.२०७३ माघ १० सोमवार ०५:५४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत पुगेकी युवा अनुसन्धानकर्ता सुजाना नेपाल फर्किइन्

लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक...

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

एनआरएनए नर्वेको आयोजनामा नौमति लोकबाजासहित नयावर्ष मनाइयो

प्रेम परियार, नर्बे । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद...

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

नेपाली जनप्रगतिशील मन्च मलेसिया जोहोरबारुको अध्यक्षमा डिल्लीराम पौडेल

मलेसिया । नेपाली जनप्रगतिशील मन्च मलेसियाको जोहोर बारु क्षेत्रीय समितिको...

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

एनआरएनएको उच्चस्तरीय समितिलाई सघाउन गंगाधर गौतमले गरे अपिल

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता गंगाधर गौतमले...

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

भारतमा भएको जिप दुर्घटनामा परेर सात नेपालीको मृत्यु

काठमाडौं । भारतको नैनीतालमा भएको जिप दुर्घटनामा सात नेपालीको मृत्यु...

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

सपनाको देश अमेरिका : यी कुरामा ध्यान नदिएमा पीडादायी हुन्छ वृद्व अवस्था

तपाइसङ्ग सेभिङ्ग भएन, अहिले उमेरमै रोजगारिको तनाखा बुझ्दा कर तिर्नु...