२० माघ, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न ३ कम्पनीहरुको संस्थापक शेयर लिलाममा बिक्री गर्दैछ । बैंकले सूर्या लाईफ इनस्योरेन्स, नागरिक लगानी कोष र नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको हो ।
बैंकले सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ७३ हजार ८४४ कित्ता शेयर न्युनतम शेयरमूल्य प्रतिकित्ता ३७८ रुपैयाँ, नागरिक लगानी कोषको १ लाख ८२ हजार ५६० कित्ता शेयर न्यूनतम शेयरमूल्य प्रतिकित्ता १ हजार ६२३ रुपैयाँ र नेशनल लाइफ इन्स्योरेन्सको ९२ हजार २६६ कित्ता शेयर न्युनतम शेयरमूल्य प्रतिकित्ता ५३० रुपैयाँमा बिक्री गर्न लागेको हो ।
सो शेयर खरिदका लागि योग्य लगानीकर्ताहरुले माघ २० गतेदेखि २६ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।
वि.सं.२०७७ माघ २० मंगलवार १०:५० मा प्रकाशित





























