back
CTIZAN AD

म्यानमारी सेनाले लोकतन्त्रको हत्या गरेको भन्दै तरुणदलको भत्र्सना, सुकीको रिहाइको माग

वि.सं.२०७७ माघ २० मंगलवार

630 

shares

२० माघ, काठमाडौं । निर्वाचनमा धाँधली भएको बहानामा म्यानमारको सेनाले त्यहाँको शासन सत्ता हातमा लिएर स्टेट काउन्सिलर आङ सान सुकीलगायतलाई नियन्त्रणमा लिएको घटनाको नेपाल तरुण दलले भत्र्सना गरेको छ ।

आइतबार राति म्यानमारको सेनाले नेतृ सुकी, राष्ट्रपति विन मिन्टन र मुख्यमन्त्रीलाई अपदस्त एवं पक्राउ गरी शासन सत्ता आफ्नो हातमा लिएर लोकतन्त्रको हत्या गरेको भन्दै तरुण दलले सूकी लगायतका नेताहरुलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।

‘आजको सभ्य मानव समाजलाई नै चुनौतीको रुपमा देखिएको बर्माको सैनिक प्रवृत्तिलाई जनताको जनमतको कदर गर्न र यसो वा त्यसो बहाना नबनाई प्रजातन्त्रको मूल्य मान्यतालाई आत्मसाथ गरी नयाँ संसदको आधिकारीक नतिजालाई स्वीकार गर्न, लोकतन्त्रको धरोहर विश्व समाजवादी नेता आङ सान सुकी लगायत अपदस्थ नेताहरुलाई रिहा गर्न र बर्मामा प्रजातन्त्रको प्रक्रियालाई सुचारु गर्न नेपाल तरुण दल केन्द्रीय समिति चेतावनी दिन चाहान्छ ।’ तरुणदलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेतद्धारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ।

May be an image of text

वि.सं.२०७७ माघ २० मंगलवार १२:३६ मा प्रकाशित

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौँ । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

जीवन बीमा कम्पनीहरूको कमिसन खर्च १२ प्रतिशतले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ

काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्ममा नेपालमा...