back
CTIZAN AD

अमेजनका प्रमुख कार्यकारी जेफ बेजोसद्वारा राजीनामा

वि.सं.२०७७ माघ २१ बुधवार

705 

shares

२१ माघ । अमेजनका संस्थापक जेफ बेजोसले यसै वर्ष सन् २०२१ को अन्त्यदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतको पदबाट अलग हुने घोषणा गरेका छन ।

सानो व्यवसायलाई विश्वकै एउटा महत्वपूर्ण कम्पनीका रुपमा रुपान्तरण गर्ने श्रेय बेजोसमाथि छ ।

अमेजनमा रहेको सम्पत्तिका आधारमा विश्वकै धनाढ्य व्यक्तिको सूचीमा रहेका बेजोसले यस वर्षको तेस्रो चौमासिक अवधिमा कम्पनीको कार्यकारी अध्यक्ष रहने र प्रमुख कार्यकारीको भूमिका एन्डी जेस्सीलाई हस्तान्तरण गर्ने बताएका छन । जेस्सीले हाल अमेजन वेब सर्भिसेजको नेतृत्व गरिरहेका छन ।

कोरोनाभाइरस महामारीका कारण जताततै लडकडाउन भएपछि अनलाइन व्यवसाय फस्टाएका कारण अमेजनको पनि नाफा झण्डै दोब्बर अर्थात् ७।२ अर्ब डलर भएको थियो । कम्पनीले गरेको कूल कारोबारमा पनि ४४ प्रतिशतले वृद्धि भएर एक खर्ब २५ अर्ब डलरभन्दा बढी पुगेको थियो ।

अमेजनका कर्मचारीलाई सम्बोधन गरिएको पत्रमा बेजोसले आफू अमेजनका गतिविधिका साथै परोपकारी कार्यहरुमा सक्रिय रुपमा सहभागी हुने बताएका छन । उनले हाल डे वान फन्ड र बेजोस अर्थ फन्ड नामका दुई परोपकारी अभियान सञ्चालन गरिरहेका छन ।

हाल ५७ वर्ष पुगेका बेजोसले अमेजन सन् १९९४ मा आफ्नो ग्यारेजबाट शुरु गरेका थिए । हाल अमेरिकामा यस कम्पनीले अनलाइन खुद्रा ९रिटेल० व्यवसायमा प्रभाव सिर्जना गरिसकेको छ भने यसले संगीत र टेलिभिजनको स्ट्रिमिङका साथै खाद्य, क्लाउड कम्प्युटिङ, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स र अरु नवीन परियोजनामा काम गरिरहेको छ ।
उनका अन्य व्यवसायहरुमा दी वासिङ्टन पोस्ट अखबार र निजी अन्तरिक्ष संस्था ब्लू ओरिजिन रहेका छन् ।

अमेजनको प्रमुख कार्यकारीका रुपमा नियुक्त हुन लागेका जेस्सीले सन् १९९७ मा मार्केटिङ व्यवस्थापकका रुपमा काम शुरु गरेका थिए । उनी सन् २००३ देखि अमेजन वेब सर्भिसेजमा कार्यरत रहेका छन ।

बेजोसले जेस्सी बेजोड प्रतिभा र नेतृत्व रहेको बताउँदै उनीमाथि आफ्नो पूर्ण विश्वास रहेको बताएका छन ।

बेजोसको नेतृत्वमा व्यापक प्रगति गरेको अमेजनको मुख्यालय सियाटल, वासिङ्टनमा रहेको छ र यसले अमेरिकी राजधानी बाहिर दोस्रो मुख्यालय पनि बनाउँदै छ ।

अमेजनको बजार मूल्य मंगलबार झण्डै १६ खर्ब ९० अर्ब डलरको रहेको छ । दश वर्षअघिको तुलनामा यो वृद्धि झण्डै १० गुणा बढी हो ।

वि.सं.२०७७ माघ २१ बुधवार १५:१४ मा प्रकाशित

भारतमा पेट्रोल-डिजेल महँगियो

भारतमा पेट्रोल-डिजेल महँगियो

नयाँदिल्ली । मध्यपूर्वमा जारी युद्ध र हर्मुज जलघाँटीमा उत्पन्न अवरोधका...

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...