back
CTIZAN AD

राज्यमन्त्री मानन्धरलाई विश्व कीर्तिमानीको प्रमाणपत्र

वि.सं.२०७७ माघ २१ बुधवार

705 

shares

२१ माघ, काठमाडौं । लगातार चार घण्टा पाँच मिनेट २० सेकेण्डसम्म गीत गाएर गिनिस वल्र्ड रेकर्डस कायम गरेका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई उक्त कीर्तिमानीको प्रमाणपत्र हस्तान्तरण गरिएको छ ।

भारतको नयाँ दिल्लीमा आयोजित कार्यक्रममा राज्यमन्त्री मानन्धरलाई भारतका सामाजिक न्याय तथा अधिकारिकता राज्यमन्त्री रामदास आठवलेले उक्त प्रमाणपत्र हस्तान्तरण गरे ।

मन्त्री मानन्धरले गत पुस १० गते सो अवधिमा गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा श्हरी विकास राज्यमन्त्री मानन्धरले नेपाल भारतबीच पौराणिक कालदेखि सम्बन्ध रहेको बताउँदै दुई देशबीचको सम्बन्ध थप सुमधुर बनाउन सबै पक्षले भूमिका खेल्नुपर्नेमा जोड दिए । मन्त्री मानन्धरसँग आज दिल्ली अध्ययन केन्द्रले अन्तरक्रिया आयोजना गरेको छ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले कार्यक्रमको संयोजन गरेका छन् ।

वि.सं.२०७७ माघ २१ बुधवार १५:२३ मा प्रकाशित

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

जनज्योति माविबाट ४० जना स्काउट विद्यार्थी दीक्षित

देवचुली नगरपालिका–१५ स्थित जनज्योति माध्यमिक विद्यालयमा ‘जनज्योति स्काउट ट्रुप’को आयोजनामा...