back
CTIZAN AD

आम हड्ताल गर्नु हाम्रो बाध्यात्मक कदम हो – प्रचण्ड–नेपाल समूह

वि.सं.२०७७ माघ २१ बुधवार

810 

shares

माघ २१, काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भोली (बिहिबार) देशव्यापी आमहड्तालको घोषणा गरेको छ । नेकपाले बुधबार आकस्मिक पत्रकार सम्मेलन गर्दै आमहड्तालको घोषणा गरेको हो ।

विवादै विवादका बीच सरकारले संवैधानिक निकायहरुमा नियुक्ती गरेसँगै प्रचण्ड–नेपाल समूहले आमहड्तालको घोषणा गरेको हो ।

आमहड्तालको घोषणालाई प्रचण्ड–नेपाल समूहले बाध्यात्मक कदम भनेको छ । बुधबार पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारको प्रतिगामी कदमलाई परास्त गर्न आमहड्ताल बाध्यात्मक रुपमा चालिएको कदम भएको बताए ।

‘भोली देशव्यापी आम हड्तालको घोषणा गरेका छौं’, प्रवक्ता श्रेष्ठले भनेका छन्, ‘असंवैधानिक रुपमा प्रतिनिधि सभा विघटन गरेर देशलाई समग्र नै प्रतिगमन तिर धकेल्ने जुन योजनालाई अगाडि बढाइएको छ त्यसलाई पूर्णं रुपमा असफल पार्न यस प्रकारको संघर्षमा जान बाध्य भएका हौं ।’

सम्बन्धित समाचार

प्रचण्ड–नेपाल समूहले भोली आम हड्ताल गर्ने

उनका अनुसार भोलीको आमहड्ताल मुलतः संवैधानिक निकायमा नियुक्तीको विरुद्धमा हो । ‘आमहड्ताल मुलभूत असंवैधानिक रुपमा गरिएको संवैधानिक परिषदका पदाधिकारी र सदस्यहरुको सपथ ग्रहण र नियुक्तीको विरुद्धमा हो’ श्रेष्ठले भने ।

नेकपाले आन्दोलनका कार्यक्रमलाई परिमार्जन गर्न तर्फ लागेको पनि श्रेष्ठले बताएका छन् । उनका अनुसार सरकारका पछिल्ला कदमसँगै प्रचण्ड–नेपाल पक्ष आन्दोलनलाई थप सशक्त बनाउने योजनामा लागेको छ ।

संसद विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–नेपाल समूह निरन्तर सडक संघर्षमा छ । विवादै विवादका बीच संवैधानिक निकायमा एकाएक नियुक्ती गरिएसँगै समूहले थप कार्यक्रम बनाउन लागेको हो ।

वि.सं.२०७७ माघ २१ बुधवार १५:२७ मा प्रकाशित

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

कोशी प्रदेशलाई आईटी हब बनाउन ’काठमाडौँ–विराटनगर डिजिटल कोरिडोर’ को मार्गचित्र सार्वजनिक

विराटनगर । नेपालको प्रविधि क्षेत्रलाई विकेन्द्रित गर्ने लक्ष्यका साथ एक...