back
CTIZAN AD

नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप

वि.सं.२०७७ माघ २१ बुधवार

690 

shares

२१ माघ, ललितपुर । नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी दुई दिनभित्र कोभिड खोप दिइने बताए ।

उनले भने, “सरकारले तोकेको मापदण्डअनुसार हामीले जेलका कैदीबन्दी, कर्माचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइकर्मी सबैलाई आज पाँचबुथ राखेर दुई दिनभित्र खोप लगाइदिनेछाँै, यो खोप छदेखि सात सयलाई आज र बाँकीलाई भोलि गरी लगभग एक हजार ७०० लाई दिनेछाँै ।” कारागारभित्र रहेका व्यक्तिले जसले कोभिडको खोप लगाउन इच्छा जाहेर गर्नेलाई मात्र लगाइने डा गोललले जानकारी गराए ।

प्रजिअ ढुण्डीप्रसाद निरौलाले करागारका मानिसको स्वास्थ्य अवस्था बुझेर मात्र खोप लगाउन अनुरोध गरे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट खोपका लागि ललितपुर खटिएका डा प्रकाश बुढाथोकीले खोप लगाएपछि देखिने असरबाट नडराउन आग्रह गरे । उनले भने, “खोप लगाएको आठदेखि १२ घण्टामा देखिने असरलाई सकारात्मक मान्नुपर्छ, जो व्यक्तिमा खोपको असर देखिन्छ, उनीहरुलाई खोपले काम गरेको बुझिन्छ ।” कोभिड खोप लगाउँदा देखिएको असर कम गर्न प्यारासिटामोल प्रयोग गर्न सकिने डा. बुढाथोकीले सुझाव दिए ।

वि.सं.२०७७ माघ २१ बुधवार १५:३६ मा प्रकाशित

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

प्रतिनिधिसभाः जनताका घर नभत्काउन आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद भूमिका सुब्बाले मेची राजमार्ग...

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर अस्पतालले सुरु गर्दै ‘रोबोटिक’ शल्यक्रिया

भक्तपुर । भक्तपुर अस्पतालले बिरामी र विशेषज्ञ चिकित्सकबीच लामो दूरीमा...