back
CTIZAN AD

अख्तियारमा प्रमुख आयुक्त नियुक्त भएकै दिन आयुक्त जोशीले दिए राजीनामा

वि.सं.२०७७ माघ २१ बुधवार

756 

shares

माघ २१, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् । विवादै विवादका बीच अख्तियारमा प्रमुख आयुक्त र आयुक्तहरु नियुक्ती भएसँगै उनले राजीनामा दिएका हुन् ।

जोशीले राजीनामा गरेको विषय राष्ट्रपति कार्यालयले विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ । राष्ट्रपति कार्यालयको विज्ञप्तीअनुसार आजकै मितिदेखि लागु हुने गरि उनले राजीनामा दिएका छन् ।

जोशीको कार्यकाल आगामी चैतसम्म थियो ।

आजमात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियारको प्रमुख आयुक्त तथा आयुक्तहरु नियुक्त गरेकी थिइन् । अख्तियारको प्रमुख आयुक्तमा प्रेमकुमार राई र आयुक्तमा किशोरकुमार सिलवाल र जयबहादुर चन्द नियुक्त भएका छन् ।

वि.सं.२०७७ माघ २१ बुधवार १७:१२ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...