२१ माघ काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । बजारमा सामान्य गिरावट आए पनि कारोवार रकम भने ९ अर्ब भन्दा बढि भएको नेप्सेले जनाएको छ ।
आज समग्रमा बजार परिसूचक ६ दशमलब ८१ अंकले घटेर २४६६ दशमबल ९२ बिन्दुमा झरेको छ । नेप्सेमा गिरावट देखिए पनि ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ भने झिनो अकंले बढेको छ । सेन्सेटिभ ० दशमलब ९२ अंकले बढेर ४५२ दशमलब २९ अंकमा पुगेको छ ।
आजको बजारमा तिव्र उतारचढावकाबिच पनि सूचिकृतमध्ये २०२ कम्पनीका ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ रुपैंयाँ बराबरका २ करोड २० लाख ४० हजार ५१६ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ९१ हजार ५५९ पटक लेनदेन भएको छ ।
बुधबार बैकिङ्ग, जलविद्युत, लघुबित्त र सामुहिक लगानी कोष बाहेकका सबै कम्पनी समूहको सूचक ओरालो लाग्यो । तिनीहरुमध्ये जीवन बीमा कम्पनी समूहको सूचक सबैभन्दा धेरै १९७ दशमलब ०६ अंकले घटेको छ ।
आजको बजारमा तिव्र उतारचढावकाबिच पनि सूचिकृतमध्ये २०२ कम्पनीका ९ अर्ब ५३ करोड १७ लाख १६ हजार ४९६ रुपैंयाँ बराबरका २ करोड २० लाख ४० हजार ५१६ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ९१ हजार ५५९ पटक लेनदेन भएको छ ।
कारोबार रकमको आधारमा ग्लोबल आईएमई बैंक, नेपालपूनर्वीमा कम्पनी, अरुण काबेली पावर कम्पनी, नेपाल टेलिकम लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहेका छन् भने कारोबार संख्याको आधारमा एनएमबी म्यूचुअल फन्ड ५०, ग्लोबल आईएमई, अरुण काबेली पावर कम्पनी, सेन्चुरी कमर्सीयल बैंक लगायतका कम्पनी शिर्ष स्थानमा रहे ।
आज सबैभन्दा धेरै स्वभिमान लघुबित्त कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । उनीहरुले १० प्रतिशतले कामएका छन् । त्यस्तै जनउत्थान लद्युबित्त, उन्नती सहकार्य लद्युबित्त, महिला लद्यृबित्त लगायतका कम्पनीका लगनीकर्ताहरु उच्च अंकले कमाएका छन । त्यस्तै पोखरा फाईनान्स, नारायणी विकास बैंक, मल्टीपर्पस फाईनान्स लगायतका कम्पनीका लगानीकर्ताहरुले उल्लेख्य अकंले गुमाएका छन् ।
आज ५८ कम्पनीको सूचक बढेको छ भने १०७ कम्पनीको सूचक घटेको छ । त्यस्तै ८ कम्पनीको कारोबारमा कुनै पनि परिवर्तन नभएको नेप्सेले जनाएको छ ।
वि.सं.२०७७ माघ २१ बुधवार १६:२५ मा प्रकाशित



























