back
CTIZAN AD

एलेक्सी नाभाल्नी जेल सजायको विरोधमा प्रदर्शन

वि.सं.२०७७ माघ २१ बुधवार

600 

shares

२१ माघ, मस्को । रुसमा विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा विरोध प्रदर्शन गर्ने १४ सय भन्दा बढी प्रदर्शनकारीलाई रुसी सरकारी अधिकारीहरूले पक्राउ गरेका छन् । नाभाल्नीलाई दिइएको करिब तीन वर्षीय जेल सजायको अन्तर्राष्ट्रिय रुपमा नै निन्दा भएको छ ।

ब्रिटेन, फ्रान्स, जर्मनी, संयुक्त राज्य अमेरिका र युरोपियन युनियनले उक्त जेल सजायको निन्दा गर्दै नाभाल्नीलाई तत्काल रिहा गर्न आग्रह समेत गरेको छ । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले नाभाल्नीलाई बिना कुनै सर्त तत्काल रिहा गर्न आह्वान गरेका छन् ।

मस्कोको एउटा अदालतले पुटिनका आलोचक एलेक्सी नाभाल्नीलाई पहिलाको जेल सजायका बेला राखिएका सर्तहरू उलङ्घन गरेको भन्दै करिब तीन वर्षको जेल सजाय सुनाएको छ ।

गत महिना जर्मनीबाट रुस फर्किएलगत्तै पक्राउमा परेका उनलाई सो समयदेखि हालसम्म हिरासतमै राखिएको थियो गत अगस्टमा घातक विष हालेर खुवाइएपछि बिरामी परेका नाभाल्नीको झण्डै ज्यान गएको थियो र उनको जर्मनीमा उपचार भएको थियो ।

नाभाल्नीको समर्थनमा बुधवारको बिहान सवेरै रुसी शहरहरुमा जुलुस निकालेका १४ सय ८ जना पक्राउ परेका थिए । ती व्यक्तिहरु प्रायः जसो मस्को र सेन्ट पिटर्सवर्गका रहेका नागरिक अनुगमन समूह ओभीडी–इन्फोले जनाइएको छ । प्रायः लाई नाभाल्नीको सजायअघि पक्राउ गरिएको थियो ।

पछिल्ला दुई सातादेखि नाभाल्नीको गिरफ्तारीको विरुद्ध हजारौं देशव्यापी प्रदर्शनमा सामेल भएपछि नाभाल्नीका समर्थकहरूले यस निर्णयको विरोधमा अझ बढी प्रदर्शनको आह्वान गरेका थिए ।
एएफपी

वि.सं.२०७७ माघ २१ बुधवार १६:२३ मा प्रकाशित

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बईको फ्लाइओभरमुनि सडक बालबालिकाका लागि ‘स्कुल’

मुम्बई ।   मुम्बईको व्यस्त फ्लाइओभरमुनि पुनः प्रयोग गरिएका ढुवानी कन्टेनरभित्र...

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

इयु प्रतिबन्धबारे चीनको  कडा चेतावनी

बेइजिङ । युक्रेन युद्धमा रुसलाई सहयोग गरेको आरोपमा चिनियाँ कम्पनीहरूलाई...

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

अमेरिकी आग्रहमा परमाणु हतियार कार्यक्रम नरोक्ने उत्तर कोरियाको भनाई

सियोल । उत्तर कोरियाले आफ्नो आणविक हतियार कार्यक्रमलाई बलियो बनाउने...

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, युद्धलाई थप चर्काउने संकेत

तेहरान । इरानले शनिबार बहराइन र कुवेतमा क्षेप्यास्त्र प्रहार गरेको...

इरान-अमेरिका आक्रमण तीव्र

इरान-अमेरिका आक्रमण तीव्र

दुबई । इरान र संयुक्त राज्य अमेरिकाबीचको तनाव पुनः तीव्र...

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

पर्यटक बस दुर्घटनाः ८ जनाको मृत्यु,३३ जना घाइते

इस्तानबुल । पश्चिमी टर्कीएमा आइतबार बिहान भएको पर्यटक बस दुर्घटनामा कम्तीमा...