back
CTIZAN AD

कोरोना अपडेट : नेपालमा संक्रमित हुनेभन्दा निको हुनेको संख्या दोब्बर

वि.सं.२०७७ माघ २१ बुधवार

618 

shares

माघ २१, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमण हुनेको संख्या निरन्तर घटिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो केहि सातादेखि कोरोना संक्रमणको दर निरन्तर ओरालोमा छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पनि संक्रमित हुनेभन्दा निको हुनेको संख्या दोब्बर छ । जनाइएअनुसार पछिल्लो २४ घण्टामा १४२ जनामा कोरोना संक्रमण देखिएको छ तर, २४ घण्टाकै बीचमा २०६ जना निको पनि भएका छन् ।

स्वास्थ्य मन्त्रालयको आधिकारिक तथ्यांकअनुसार नेपालमा हालसम्म २ लाख ७१ हजार ४३१ जना कोरोनाबाट संक्रमित भएका छन् । जसमध्ये २ लाख ६७ हजार ६५ जना कोरोना मुक्त पनि भईसकेका छन् । मन्त्रालयको तथ्यांकअनुसार ९८.४ प्रतिशत संक्रमित पूर्णं निको भईसकेका छन् ।

कोरोनाबाट मृत्यु हुनेको संख्या नगन्य अवस्थामा

कोरोना संक्रमणबाट मुक्त हुनको संख्या बढेसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या पनि निरन्तर घटेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जनाको ज्यान गएको रिपोर्ट प्राप्त छ ।

मन्त्रालयले उक्त मृत्यु कोरोना संक्रमणसँगै अन्य कारणहरुबाट पनि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो केहि सातादेखि संक्रमणबाट मृत्यु हुनेको संख्या नगन्य अवस्थामा छ ।

वि.सं.२०७७ माघ २१ बुधवार १७:४६ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...