back
CTIZAN AD

मानव कंकाल फेला

वि.सं.२०७७ माघ २१ बुधवार

699 

shares

२१ माघ,सप्तरी। अठार महिनादेखि बेपत्ता एक महिलाको कंकाल फेला परेको छ । राजगढ गाउँपालिका–१ झुटकीका धनई पण्डितकी पत्नी ७५ वर्षीया रासोदेवीको कंकाल आज फेला परेको हो ।

प्रहरीचौकी झुटकीदेखि करीब तीन सय मिटर पूर्वदक्षिणतर्फ रहेको सार्वजनिक ठारी पोखरी जीर्णोद्धार गर्ने क्रममा अस्थिपञ्जर फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले जानकारी दिए । मानसिक सन्तुलन ठीक नभएकी रासोदेवी २०७६ साउन ३० गते रातिदेखि बेपत्ता भएकी थिइन्।
आगलागी
बिजुलीको तार सर्ट भई डाक्नेश्वरी नगरपालिकामा आज आगलागी भएको छ । डाक्नेश्वरी – २ का मो रहमुलको दुईकोठे घरमा आगलागी हुँदा करीब रु दुई लाख मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी साहले बताए ।

दुर्घटनामा मृत्यु
हनुमाननगर कंकालिनी नगरपालिकामा बोलेरोको ठक्करले आज मोटरसाइकल चालकको मृत्यु भएको छ ।

हनुमाननगर कंकालिनी–१ भारदहस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिम जाँदै गरेको को १ ज ३१९९ नम्बरको बोलेरो गाडीले दिएको ठक्करले विपरीत दिशातर्फ जाँदै गरेकोे लु २५ प ५७१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङको रङ्गेली नगरपालिका–८ बस्ने धर्मचन्द्र राजवंशीका छोरा ३७ वर्षीय भीमराज रहेको इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए ।(रासस)

वि.सं.२०७७ माघ २१ बुधवार २०:०३ मा प्रकाशित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

‘एक घर–एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर । यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान...

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा

किमाथाङ्का (सङ्खुवासभा) । मकालु गाउँपालिका–३ हेदाङ्नामा भन्सार छली ल्याएको रु...

सिरदली-चौडेनी सडक स्तरोन्नति

सिरदली-चौडेनी सडक स्तरोन्नति

भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार...

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

खोक्सिकमा खेलमैदान स्तरोन्नतिका काम सुरु

भोजपुर । यहाँको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकमा रहेको खेलमैदान स्तरोन्नतिका...