back
CTIZAN AD

भोलि निर्धक्कसाथ यातायात सञ्चालन गर्न गृहको आग्रह

वि.सं.२०७७ माघ २१ बुधवार

807 

shares

२१ माघ, काठमाडौँ । सरकारले बिहीबार पूर्ववत् रुपमै निर्धक्कसाथ सार्वजनिक यातायात लगायत आ–आफ्नो उद्योगधन्दा, पेसा व्यवसाय सञ्‍चालन गर्न आग्रह गरेको छ ।

गृहमन्त्रालयले बुधबार साँझ विज्ञप्ति जारी गर्दै दैनिक रुपमा सञ्‍चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्‍न नदिने गरी सुरक्षा व्यवस्था मिलाइने जानकारी गराउँदै सो आग्रह गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को नामबाट भोलि माघ २२ गते देशव्यापी आमहड्ताल आह्वान गरिएको भनि सार्वजनिक भएको प्रेस वक्तव्य उपर यानाकर्षण भएको जनाउँदै मन्त्रालयले शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक यातायात सञ्‍चालनमा अवरोध गरेको पाइएमा कारवाही गर्ने चेतावनी दिएको छ ।

‘शान्ति सुरक्षामा खलल पुग्ने, सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, सार्वजनिक यातायात सञ्‍चालनमा अवरोध लगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्नउपर कानुनी कारवाही गर्ने’ गृहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेकपा दाहाल नेपाल समूहले संवैधानिक निकायमा सार्वजनिक सुनुवाइबिना पदाधिकारी नियुक्तिको विरोधमा भोलि बिहीबार आम हड्तालको घोषणा गरेको छ ।

वि.सं.२०७७ माघ २१ बुधवार २०:२९ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...