back
CTIZAN AD

नेतृ अष्टलक्ष्मी, हितमानलगायतका नेता पक्राउ

वि.सं.२०७७ माघ २२ बिहीवार

933 

shares

२२ माघ, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रचण्ड-नेपाल समूहका नेता तथा कार्यकर्ता विभिन्न ठाउँबाट पक्राउ परेका खबर छन् ।

आह्वान गरिएको आमहड्तालको  बिहानै नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, हितमान शाक्यलगायतका नेताहरूलाई कलंकीबाट गिरफ्तार गरेको सो पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । त्यस्तै केकस अमृता थापा, चाबहिलबाट केकस कृष्ण केसी, बागबजारबाट युवा नेता रमेश मल्ललगायतका नेताहरूलाई गिरफ्तार गरिएको छ।

आम हड्तालका कारण सडकमा सवारी साधन चलेका छैनन् । हड्ताल सफल पार्न बिहानैदेखि नेकपाका कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

आज बिहानै काठमाडौँको गोंगबुमा एउटा ट्याक्सीमाथि आगजनी भएको छ। प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ । यसैगरि बन्दकर्ताहरुले टाटासुमोमा ताडफोड गरेका छन्।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड –माधव समूहले आकस्मिकरुपमा हड्ताल घोषणा गरेको थियो।

 

वि.सं.२०७७ माघ २२ बिहीवार ०७:५४ मा प्रकाशित

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा दुबई सिधा उडानका लागि टिकट बुकिङ खुला

पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) दुबईका...

घाँस आम्दानीको राम्रो स्रोत

घाँस आम्दानीको राम्रो स्रोत

देउखुरी (दाङ) । दाङका किसान वर्सिम घाँसखेती गर्न आर्कषित भएका...

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

साढे तेह्र हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन

काठमाडौँ । सार्वजनिक शिक्षा सुधार अभियान र विद्यालय समायोजनका कार्यक्रम...

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर रियल–टाइम रेमिट्यान्स सेवाको थालनी

काठमाडौँ । नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फन्ड ट्रान्सफर...

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

लेखा समिति बैठकः भन्सार पारदर्शितामा जोड

काठमाडौँ । सार्वजनिक लेखा समितिको आजको बैठकमा विद्युतीय सवारी साधन...

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङमा ड्रोन क्यामेरा नियन्त्रणमा

मुस्ताङ । अन्नपूर्ण संरक्षित क्षेत्र मुस्ताङमा अनुमति बिना मानवरहित ड्रोन...