back

गोली प्रहार गरेर रु दुई लाख लुटियो

वि.सं.२०७३ माघ १३ बिहीवार

732 

shares
GLOBAL IME AD
NTC AD

१३ माघ, उर्लाबारी (मोरङ) । मोरङको कर्सियामा बुधबार दिउँसो लुटेराहरूको एक समूहले वित्तीय संस्थाका एक कर्मचारीमाथि गोली प्रहार गरेर रु दुई लाखभन्दा बढी लुटेका छन् ।

लुटेराको समूहले वित्तीय संस्था जीवन विकास समाजका कर्मचारी ३५ वर्षीय घनश्याम बहरदारमाथि गोली प्रहार गरेर रकम लुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कर्सियाको पश्चिमतर्फ रहेको खोला छेउमा ढुकेर बसेका चारजना लुटेराको समूहले जीवन विकास समाजका वरिष्ठ फिल्ड सहायक बहरदारमाथि गोली प्रहार गर्नुका साथै रडले समेत प्रहार गरेका थिए ।

दादरबेरियाबाट रकम सङ्कलन गरेर फर्कंदै गर्दा लुटेराहरूले रकम लुटेर फरार भएको जीवन विकास समाजका फिल्ड सहायक रवीन्द्रनारायण ठाकुरले बताउनुभयो ।

गोली र रड प्रहारबाट घाइते भएका बहरदारको विरानगरस्थित विराट अस्पतालमा उपचार भइरहेको छ । लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको र अन्यको खोजी तीव्र पारिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो ।

वि.सं.२०७३ माघ १३ बिहीवार ०३:१९ मा प्रकाशित

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

सिंहदरबारमा मेलम्चीको पानी वितरण सुरु

काठमाडौँ । सिंहदरबारमा आजदेखि मेलम्चीको पानी वितरण सुरु गरिएको छ...

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

रास्वपाका सभापति रविको मुद्दा ‘हेर्न नमिल्ने’ मा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

फेदीखोलालाई मौरीमय बनाउन १६ हप्ते कृषक पाठशाला

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिकामा व्यवसायिक मौरी पालन सम्वन्धि १६...

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बाढीले ‘डाइभर्सन’ बगाउँदा कान्तिलोकपथ सडक अवरुद्ध

बागमती । हेटौँडा-काठमाडौं जोड्ने कान्तिलोकपथ अवरुद्ध भएको छ । वर्षासँगै...

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

अख्तियार कार्यालयमा रौतहटको स्थानीय तहसम्बन्धी धेरै उजुरी

वीरगञ्ज (पर्सा) । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालय मातहतका...

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ट्रर्याक खुलेको दुई दशकपछि गलकोट-ताराखोला सडक कालोपत्र

ढोरपाटन (बागलुङ) । दुई दशक अगाडि ट्रर्याक खुलेको गलकोट–ताराखोला सडक...