back
CTIZAN AD

गोली प्रहार गरेर रु दुई लाख लुटियो

वि.सं.२०७३ माघ १३ बिहीवार

1.1K 

shares

१३ माघ, उर्लाबारी (मोरङ) । मोरङको कर्सियामा बुधबार दिउँसो लुटेराहरूको एक समूहले वित्तीय संस्थाका एक कर्मचारीमाथि गोली प्रहार गरेर रु दुई लाखभन्दा बढी लुटेका छन् ।

लुटेराको समूहले वित्तीय संस्था जीवन विकास समाजका कर्मचारी ३५ वर्षीय घनश्याम बहरदारमाथि गोली प्रहार गरेर रकम लुटेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कर्सियाको पश्चिमतर्फ रहेको खोला छेउमा ढुकेर बसेका चारजना लुटेराको समूहले जीवन विकास समाजका वरिष्ठ फिल्ड सहायक बहरदारमाथि गोली प्रहार गर्नुका साथै रडले समेत प्रहार गरेका थिए ।

दादरबेरियाबाट रकम सङ्कलन गरेर फर्कंदै गर्दा लुटेराहरूले रकम लुटेर फरार भएको जीवन विकास समाजका फिल्ड सहायक रवीन्द्रनारायण ठाकुरले बताउनुभयो ।

गोली र रड प्रहारबाट घाइते भएका बहरदारको विरानगरस्थित विराट अस्पतालमा उपचार भइरहेको छ । लुटपाटमा संलग्न रहेको आरोपमा एक जनालाई नियन्त्रणमा लिइएको र अन्यको खोजी तीव्र पारिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिनुभयो ।

वि.सं.२०७३ माघ १३ बिहीवार ०३:१९ मा प्रकाशित

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...