माघ २३, काठमाडौं । विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा संवैधानिक निकायहरुमा गरिएको नियुक्तीको खारेज गर्न माग गर्दै सर्वोच्च पुगेका छन् । शुक्रबार बिहान संवैधानिक नियुक्तीविरुद्व रिट लिएर सभामुख आफैं सर्वोच्च पुगेका हुन् ।
सभामुखसँगै विघटित प्रतिनिधि सभाका सदस्यहरु शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायत पनि सर्वोच्च पुगेका थिए ।
सम्बन्धित समाचार
यी हुन् संवैधानिक निकायमा नियुक्ती पाउने ३२ भाग्यमानी (सूचीसहित)
रिट निवेदनमा राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्का अध्यक्ष रहने प्रधानमन्त्री, सदस्यहरु प्रधानन्यायाधीश र राष्ट्रिय सभा अध्यक्ष तथा विभिन्न संवैधानिक निकायमा नियुक्त भएका पदाधिकारीलगायत ३९ जनालाई विपक्षी बनाइएको छ।
विवादै विवादका बीच गत बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेकी थिइन् । जसको चौतर्फी आलोचना भईरहेको छ ।
वि.सं.२०७७ माघ २३ शुक्रवार १२:३१ मा प्रकाशित




























