२३ माघ, काठमाडौँ । बंग्लादेश र वेस्टइंजिज बिचको पहिलो टेस्टमा वेस्टइंडिज आफ्नो पहिलो इनिङ्गसमा २३९ रनमा अलआउट भएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको बंग्लादेशले आफ्नो पहिलो इनिङ्गसमा ४३० रन बनाएको थियो । बंग्लादेशका लागि मेहिदी हसनले सतकीय पारी खेलेका थिए । उनी १०३ रन बनाएर आउट भएका थिए । त्यसैगरी वेस्टइंडिजका लागि बलिङ्गमा जोमिल वारिकेनले सर्वाधिक ४ विकेट लिएका थिए ।
बंग्लादेश आउट भएपछि आफ्नो पहिलो इंनिङ्ग लिएर आएको वेस्टइंडिज २३९ रनमा अलआउट भएको छ । वेस्टइंडिजका लागि क्रइग ब्राथवेटले सर्वाधिक ७६ रन बनाएका थिए भने बंग्लादेशका लागि मेहिदी हसनले उत्कृष्ट बलिङ्ग गर्दै ४ विकेट लिएका थिए ।
वेस्टइंडिज २३९ रनमा अलआउट भएपछि बंग्लादेशले आफ्नो पहिलो इंनिङ्गसमा १७१ रनले लिड लिएको छ ।
वि.सं.२०७७ माघ २३ शुक्रवार १४:५४ मा प्रकाशित




























