२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश अध्यारो सुरुङतिर जाने खतरा बढेकोले संविधानको रक्षाका लागि ललितपुरवासीले निर्णायक भूमिका निभाउन अपिल गरेका छन् ।
ललितपुरमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हरेक आन्दोलनमा ललितपुरवासीको महत्वपूर्ण भूमिका हुने गरेकोमा यो पटक झारा मात्र टारिएको भन्दै संविधानको रक्षाका लागि आगामी ४ दिनमा नसुतेर नखाएरै भएपनि माघ २८ गतेका लागि घर–घरमा पुगेर कार्यकर्ता मात्र नभएर जनतालाई पनि जगाउन आग्रह गरेका थिए ।
‘संकटमा देश पर्यो भनेर ललितपुरवासीले आफ्नो हिस्साको भूमिका अग्रणीरुपमा पूरा गर्नुपर्छ भनेर तपाईहरुले अपिल गदै टोल समुदायलाई जगाउनुपर्यो ।’ ललितपुरले फेरि आन्दोलनको नयाँ उचाई कायम गर्नका लागि योगदान गर्न सक्नेछ । इतिहासमा ललितपुरले खेलेको भूमिका जुन स्वर्णीम अक्षरमा लेखिएको छ त्यसलाई नयाँ उचाइमा उठाउन भूमिका निभाउन सक्नेछ ।’
‘हामीले सोचेका थिएनौंै तीनर्ष अगाडि वाम गठबन्धन गर्दै गर्दा पार्टी एकता गर्दागर्दै तीनवर्ष नपुग्दै यस्ता दिनहरु आउँछन भनेर सोचेका थिएनौं, । जनताले हामीलाई हाइ–हाइ गर्नेछन, कम्युनिष्ट पार्टीको नेतृत्वमा नयाँ विकासको सुरु भयो भन्ने तर भएका सारा साजनीतिक उपलब्धि माथि बन्चरो हान्ने काम केपीजीबाट भएपछि हामी संघर्षमा हेलिनुको कुनै विकल्प रहेन ।’ अध्यक्ष प्रचण्डले भेलालाई सम्बोधन गर्दै भने ।
वि.सं.२०७७ माघ २३ शुक्रवार १५:१५ मा प्रकाशित






























