back
CTIZAN AD

नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन – ४/५ दिन नसुतेर, नखाएरै भएपनि जनता उतार्न लाग्नुपर्यो

वि.सं.२०७७ माघ २३ शुक्रवार

852 

shares

माघ २३, काठमाडौं । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ २८ हुने प्रदर्शनलाई भव्य बनाउने गरि तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन गरेका छन् । शुक्रबार आफुँ पक्षीय ललितपुर जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन गरेका हुन् ।

प्रचण्डले प्रदर्शनलाई सफल बनाउन केहि दिन नखाएरै र नसुतेरै भएपनि जनताका घर/घरमा जान निर्देशन गरे ।

‘तपाईँहरु अब आउने ४/५ दिन नसुतेर, नखाएर भएपनि जनताका घर/घरमा जानुपर्यो, कार्यकर्ता मात्रै होइन् जनतालाई पनि उतार्न बल गर्न पर्यो’, उनले भने, ‘तपाईँ अगुवा कार्यकर्ताले आफुँ आफ्नो परिवार, आफ्नो टोल, आफ्नो वरिपरि समुदायलाई जगाउन सक्नुभयो भने २८ गतेको विरोध सभामा हजारौंको उपस्थिति गराउन सकिन्छ ।’

उनले देश अप्ठ्यारोमा परेको भन्दै जनतालाई प्रदर्शनमा जुट्नका लागि अपिल गर्न आग्रह गरे । उनले भनेका छन्, ‘देश अप्ठ्यारोमा पर्यो, हाम्रो हिस्साको भूमिका निर्वाह गर्न पर्यो भनेर अपिल गर्नुपर्यो, संटकको गहिराईलाई आत्मसाथ गरेमा सबै चीजलाई परास्त गर्न सकिन्छ ।’

वि.सं.२०७७ माघ २३ शुक्रवार १५:५४ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...