back
CTIZAN AD

ओली पंचायती शासनभन्दा अघि बढेर तानाशाह बन्न खोजेको पुष्टि भयो-नेता भिम रावल

वि.सं.२०७७ माघ २३ शुक्रवार

990 

shares

२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका नेता डा. भिम रावलले प्रधानमन्त्री केपी ओली पंचायत शासनभन्दा अघि बढेर तानाशाह बन्न खोजेको पुष्टि भएको बताएका छन् ।

शुक्रबार नारायणहिटीमा आयोजित नेकपाको केपी शर्मा ओली समूहको जनसभामा गृहमन्त्री राम बहादुर थापाले मांसहारी आन्दोलन गर्नेलाई जावालाखेलको चिडियाखानामा लगेर थुन्छु भन्ने अभिव्यक्ति दिएपछि नेता रावलले थापाको उक्त भनाईमाथि टिप्पणी गर्दै यस्तो लेखेका हुन् ।

‘प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन र मनपरी गर्ने असंवैधानिक कार्यका विरूद्ध आन्दोलन गर्नेहरूलाई जावलाखेलको चिडियाखानामा थुन्ने गृहमन्त्रीको भाषणले प्रमं ओली निरंकुश पञ्चायती शासनभन्दा अघि बढेर तानाशाह बन्ने दुःस्वप्ना देखिरहनु भएको पुष्टि हुन्छ । निरंकुशतन्त्र ढल्छ । उनले भनेका छन् ।

वि.सं.२०७७ माघ २३ शुक्रवार १५:५२ मा प्रकाशित