back
CTIZAN AD

बाइडेनद्वारा अमेरिकी समर्थन अन्त्य गर्ने घोषणा

वि.सं.२०७७ माघ २३ शुक्रवार

672 

shares

२३ माघ, वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनले यमनमा भइरहेका आक्रामक कारबाहीमा अमेरिकाले गर्दै आएको समर्थन अन्त्य गर्ने बताएका छन् ।

बाइडेन भन्दा अघिका दुई पूर्व अमेरिकी प्रशासनले यमनका हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाको नेतृत्वको गठबन्धनले यमनमा गरेको युद्धमा अमेरिकाले समर्थन जनाउँदै आएको थियो ।

छ वर्ष भन्दा लामो समयदेखि जारी युद्धका कारण लाखौं मानिसहरूको लागि खाद्यान्न, औषधि र बस्ने ठाउँको आवश्यकता रहेको छ । जारी यस युद्धका कारण यमनमा एक लाख १० हजारभन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् ।

अमेरिकी राष्ट्रपति बाइडेनले विदेश नीतिको विषयमा दिएका पहिलोपटक वक्तव्य यमनमा युद्ध अन्त्य हुनु पर्ने बताएका छन् ।

सन् २०१४ मा यमनको कमजोर सरकार र हुथी विद्रोहीबीच लडाइँ सुरु भएको थियो । त्यसको एक वर्षपछि साउदी अरेबिया र आठ अन्य अरब देशसहित अमेरिका, बेलायत र फ्रान्सले हुथीविरुद्ध हवाई हमला थालेपछि द्वन्द्व चर्किएको हो ।

बिहीवारको घोषणापछि अब अमेरिकाले आक्रामक कारबाही रोक्ने र त्यसबाहेक साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई हतियारहरू पनि विक्री गर्न बन्द गर्ने बताइएको छ ।

बाइडेन प्रशासनले यसअघि नै साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सलाई अस्थायी रूपमा हतियारहरु बेच्ने कार्यमा रोक लगाइसकेको छ ।
सिन्ह्वा

वि.सं.२०७७ माघ २३ शुक्रवार १५:२५ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...