२३ माघ, काठमाडौँ । भारत र इंल्याण्ड बिच चेन्नाईमा चलिरहेको पहिलो टेस्टमा इंल्याण्डका कप्तान जो रुटले सतक जडेका छन । उनले आफ्नो टेस्ट क्रिकेट करियरको २० औँ सतक १६४ बलमा पुरा गरेका छन ।
टस जितेर पहिले ब्याटिङ्ग गर्ने निणर्य लिएको इंल्याण्डले उत्कृष्ट ब्याटिङ्ग गरिरहेको छ । इंल्याण्ड क्रिकेट टिम अहिले ७८ ओभरमा २ विकेट गुमाएर २२७ रनमा ब्याटिङ्ग गरिरहेको छ ।
इंल्याण्डका लागि कप्तान जो रुट १६४ बल खेल्दैँ १०० रन बनाएर ब्याटिङ्ग गरिरहेका छन भने डोम सिब्ली ८३ रनमा ब्याटिङ्ग गरिरहेका छन । भारतका लागि बलिङ्गमा रविचन्द्र अश्विन र जसप्रीत बुमराहले १ १ विकेट हात पारेका छन ।
वि.सं.२०७७ माघ २३ शुक्रवार १६:१७ मा प्रकाशित



























